AI:Apple Intelligence का कुरा

कृष्ण के सी, अगष्ट १६, २०२४ 

अहिले दुनियाँमा सबै भन्दा धेरै कुरा हुने भनेको Artificial Intelligence (AI) को हो। उसो त AI का इन्भेण्टर, प्रबर्द्धक र प्रयोगकर्ताहरु सबैतिर सहजका कुरा गर्छन। हुन पनि AI बिनाको जीवन र जगत सोच्न नसकिने भएको छ। खाना पकाउने, पस्कने, खेती गर्ने, गार्ड, मानव यन्त्र, गाडी, यान, मेडिकल रिसर्च, फिल्म, गीत-संगीत के मा छैन AI ?

टेक जायण्टहरु AI को प्रतिस्पर्धामा विभिन्न कुराहरु ल्याउन थालेका छन्। गुगल र एपलको पनि प्रतिस्पर्धा उत्तिकै छ। गुगलको जिमिनीसंगै एपलले पनि AI मा अर्को कुरा ल्याउन थालेको छ, Apple Intelligence को नयाँ कुरा।  

एपलले दिएको जानकारी अनुसार Apple Intelligence व्यक्ति/प्रयोगकर्ताहरुको लागि तयार गरिएको पावरफुल सिस्टम हो। एपलका चर्चित iPhone, iPad र Mac का प्रयोगकर्ताको लागि यहि फल सिजनमा ल्याइउन लागिएको Apple Intelligence को चर्चा बढेर गएको छ।

खासगरी iPhone, iPad र Mac डिभाइसहरुमा लेख्नको लागि प्रयोग हुने Apple Intelligence नयाँ टुल हो। ती डिभाइसहरुमा जताततै लेखन सकिने दावी एपलको छ। खासगरी सहि शब्द, बाक्यहरु भर्चुयल रुपमा जताततै प्रयोग गर्न सकिने बताइञ्च। 

यसबाट घण्टौ लामो लेक्चर सेकेन्डभरमा समरी बनाउन सकिन्छ। तर यसका पनि बिभिन्न ऐच्छिक फिचरहरु छन्।

Comments
Related News
Latest Post