यूएनडिओको संगठन निर्माण सुरु, सदस्यता खुला, एनआरएनए चाहिं बिसर्जजोन्मुख

कृष्ण के सी, अमेरिका, अगष्ट १६, २०२४

United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिको दर्ता भएको पहिलो समाचार लेखेको आज १ बर्ष १७ दिन भएछ। आज सोहि सँस्थाको अर्को समाचार सुरु गरिएको छ। तर यो पटक भने सँस्थाको संगठन निर्माण र सदस्यता खुलाको बिषयमा हो।

जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च अदालतले नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाइ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिओ नामको सँस्था दर्ता गर्न दिएको निवेदन अनुसार दर्ता स्वीकृत गर्नु भन्ने आदेश दिएको थियो।

बिगात लामो समय देखि एनआरएनहरुको परिभाषा र कार्यक्षेत्र लगायतका बिषयमा बहस हुँदै आएको नै हो। खासगरी २०१७ अक्टुवर देखि गैरआवासी नेपाली संघ (एनआरएनए) लाइ नेतृत्वले सहि रुपमा लैजान नसकेको, संघ र आम एनआरएनहरुको मुद्धालाइ भन्दा व्यक्तिगत फाइदाका कुरा लिएर गएको लगायतका बिषयमा छफफल पछि विकल्पमा बिशुद्ध संस्था हुनुपर्ने निष्कर्ष निकालिएको थियो। 

त्यसपछि सो बिषयमा कानुनका बिज्ञहरु समेतको परामर्श लिने काम भयो। त्यसैको फलस्वरुप मार्च २०२२ मा काठमाण्डौमा गैरआवासीय नेपाली संघका अग्रज, वर्तमान रुपमा लागि परेका एनआरएनहरुको छलफलले यूएनडिओ नामको सँस्था स्थापना गर्नुपर्ने निष्कर्षमा पुर्याएको थियो।

नेपालको गैरआवासीय नेपाली सम्बन्धी ऐनको दफा १६ मा “गैर आवासीय नेपालीहरुबीच पारस्परिक सहयोग तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गैरआवासीय नेपालीहरुले नेपालभित्र गैर आवासीय नेपाली संघ खोल्न पाउनेछन्” भन्ने व्यवस्था छ। गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ मा गैरआवासीय नेपालीहरुको यस्ता खाले संघ दर्ता गर्न चाहनेले कम्तीमा २५ मुलुकका ५० जना गैरआवासीय नेपालीले निवेदन दिनुपर्ने उल्लेख छ। ऐनको यही व्यवस्था बमोजिम हाल गैरआवासीय नेपाली संघ दर्ता भएको हो। तर यसमा चरम विवाद, स्वार्थ र घृणित खेल समेत भएका छन। 

त्यसैको फलस्वरुप एनआरएनए बिसर्जोन्मुख भएको छ। संघको खातामा रहेको केहि दर्जन करोडको माथि सबैको आँखा परेको छ त्यसको टाट-उल्टाईपछि सँस्थाको इतिश्राद्वम्  हुनेछ। अब तेतातिर समय खेर फाल्नु धेरै बुद्धिमानी हुनेवालाई छन्। तर पनि मुख्य कुरा चाहिं करिव-करिव एक दर्जन थप मुद्धाहरु सार्वोच्च अदातलमा दर्ता हुने तयारीमा छन्।

गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा United Nepali Diaspora Organization (UNDO) सँस्थाको स्थापना गरिएको थियो। यसमा वास्तविक गैरआवासीय नेपालीहरुको संलग्नता हुने बैधानिक ब्यबस्था छ। सँस्था के र किन प्रष्ट रुपमा भनिएको छ। यसका योजना निर्दिष्ट छन् र काम पारदर्शी हुनेछन भन्दै संस्थाल बिज्ञप्तिमा नै उल्लेख गरेको छ।

बिज्ञप्तिको प्रति हेर्नको लागि तलको लिंकमा:

बिज्ञप्ति

https://acrobat.adobe.com/link/review?uri=urn:aaid:scds:US:7c58a3e6-ce66-3b99-997d-712900594f85

Comments
Related News
Latest Post