ममता खालिङ राईको आदिवासी मूलवासी गीत सार्वजनिक

आदिवासी जुर्मुराउँदा बोलको गीत अगस्ट ९ विश्व आदिवासी दिवसकै दिन ममता राई इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको छ। 

गीतमा मूलवासी आदिवासीहरुको योगदान र अतुलनीय विविध संस्कार, संस्कृतिले हाम्रो देशको शिर उच्च राखेको र जुनसुकै भूमी र राष्ट्रमा पुगेर पनि आदिवासी मुलबासीहरु जम्छन् साथैमा आफ्नो पहिचान र संस्कृति लिएर सोही ठाउँलाई पनि मोहित र रंगिन तुल्याउँछन् भन्ने भावना रहेको छ। लामो समयदेखि अमेरिका बस्दै आएकी गीतकार ममता खालिङ राईको शब्दको यो गीतको स्टुडियो संगीत पवन बान्तावा राई र एरेन्जमेनट मनोज साङसोन राईले गरेका छन्।

Comments
Related News
Latest Post