कृष्ण के सी, अमेरिका, अगष्ट ८, २०२४
हुन त् नजाने गाउँको बाटो नसोध्नु भन्छन। म आदीवासी, जनजाती, समानुपातिक र राजनीति कतै पनि छैन र होइन। त्यो अर्थमा यो बिषयमा बोल्ने अधिकार मलाइ छैन भनिन्छ होला। तर मैले यस बिषयमा शैक्षिक संस्थाबाट ज्ञान हासिल गरेको छु। यसर्थ बोल्न नमिले पनि लेख्न चाहिं मिल्ला।
आदीवासी, जनजाती, समानुपातिक र राजनीति एउटै कुरा होइनन भन्ने मैले पढेको र बुझेको हो। यस विषमा उत्पातको ज्ञानी त म होइन तर छोटो-मोटो ब्याख्या गर्नसक्छु भन्ने मलाइ विश्वास छ। अझै म भन्दा ज्ञानीहरुले त्यसको ब्याख्या गरुन तर कुनी के काजी जस्तो दिमागी हालत खुस्केकोले चाहिं पटक्कै होइन।
आजकल नेपाली राजनीतिमा आदीवासी, जनजाती, समानुपातिक अनि आदीवासी र जनजातीमा समानुपातिक राजनीति मिसाइदिएर आदीवासी, जनजाती, समानुपातिकको बिषय नेपाली समाजमा अनर्थको भएको छ।
खासमा भन्नुपर्दा बसाइको भूगोल, भाषा, साहित्य, कला, संस्कृति, जनजीवन, दैनिकीम, खानपान जस्ता कुरामा जोडेर र फोडेर हेर्दा आदिवासी र जनजाति फरक छन् एउटै होइनन। त्यसैगरी समानुपातिक भनेको केहि समयको लागि कुनै निश्चित ठाउँमा असक्षमहरुलाइ जीवन यापन र आर्थिक उन्नतिको लागि आरक्षण दिने कुरा हो। तर राजनीति, जनप्रशाशन र प्राबिधिक जस्ता ठाउँमा आरक्षण अर्थात् समानुपातिक भन्ने कुराको प्रयोग गर्नु हुँदैन र मिल्दैनन।
आजकल नेपाली समुदायमा आदीवासी, जनजाती, समानुपातिक राजनीतिले समाजलाइ कुरुप र खुँडे बनाएको छ। इमोशन र जिम्मेवारी एकै रुपमा जाँदैनन। अर्थात इमोशनको भरमा जिम्मेवारी दिनु हुँदैन। इमोशनमा राजनीति पनि हुँदैन तर ती दुवै कुरा नेपाली समाजमा भएका छन्। अझै नपुगेर यसलाई पहिचान भन्ने शब्दको दुरुपयोग गरिएको देखिन्छ। पहिचान भनेको त अझै फरक कुरा हो।
आदीवासी, जनजाती, समानुपातिक र राजनीतिमा पहिचानको कुरा फरक रुपमा आउँछ। राज्य सत्ता, जनप्रशाशनको लागि होइन। एउटा रेडिमेट राजनीतक शब्द छ, आदीवासी, जनजाती, समानुपातिक र राजनीतिमा भेदभाव गरियो भन्ने। तर नेपाली समाजमा आदीवासी, जनजाती, समानुपातिक र राजनीतिमा जति भेदभाव र निरंकुशता अन्त कतै पनि छैन। यी कुराहरु एकै रुपमा जाँदैनन।