रास्वपामा विद्वानहरुको प्रवेस, एनआरएन हेर्ने समिति, महाधिवेशन बैशाखमा गर्न सुझाव 

स्थापना भएको पहिलो बर्षमानै संसदमा २१ सदस्य सहित राष्ट्रिय स्तरको पार्टी बन्नु, उपप्रधानमन्त्री सहित केहि मन्त्री लिएर दुइ-दुइ पटक सरकारमा जान सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको दुइ बर्षमा आफ्नो पहिलो महाधिवेशन बैशाख २०८२ मा गर्ने योजना गरेको छ।

रास्वपाको कार्यशाला गोष्ठीले अगष्ट ३, २०२४ मा गरेको योजना अनुसार २०८२ को वैशाख तेस्रो साता प्रथम महाधिवेशन गर्न केन्द्रीय समितिलाई सुझाव दिएको छ। गोष्ठीपछि रास्वपाले दिएको जानकारी अनुसार सो सुझावहरुलाइ केन्द्रीय समितिमा अनुमोदनको लागि राख्नेछ र अनुमोदनपछि बैशाख २०८२ मा पार्टीको पहिलो महाधिवेशन आयोजना हुनेछ।

यसैबीच रास्वपाले थुप्रै विद्वान, बिज्ञ र प्राबिधिकहरुलाइ सल्लाह, सुझाव र सहयोग लिन मनोनित र आमन्त्रण पनि गरेको छ। यहि क्रममा नेपालको एक तिहाइ भन्दा धेरै जनसंख्या भारत सहित नेपाल बाहिर रहेकाले उनीहरुका एजेण्डा एड्रेस गर्न केन्द्रिय स्तरमा एनआरएन सपोर्ट र सहयोग समिति बनाउने योजना गरेको छ।

अन्य क्लासिकल राजनैतिक पार्टी भन्दा फरक र पूर्ण प्रजातान्त्रिक पार्टीको रुपमा अगाडी आएको रास्वपाले आफ्ना गति बढाउन गोष्ठीको आयोजना गरेको थियो। यस्तो काम अन्य राजनैतिक पार्टीहरुले गरेको इतिहास छैन। अब पार्टीको बाँकी रहेका वडा देखि माथि सम्म अधिवेशन गतिशील हुने पार्टीले बताएको छ। अब जिल्ला तदर्थ समिति गठन गर्न जिल्ला संयोजक, उपसंयोजक र निर्वाचन क्षेत्र समितिलाई निर्देशन दिइएको बताएको छ।

रास्वपाले विधान संशोधन गर्न बिधान मस्यौदा समिती पनि बनाएको छ। कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा रहेको ११ सदस्यीय कार्यदलका सदस्यहरुमा सोबिता गौतम, गणेश कार्की, डा. तोसिमा कार्की, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम, डा. नारायण घिमिरे र शंकर श्रेष्ठ छन्। 

डा. घिमिरे अमेरिकाको क्यालिफोर्नियाबाट कानुनमा एलएलएम र बिद्यावारिधी गरेका व्यक्ति हुन्। हाल कानुनको प्राक्टिस सहित काठमाण्डौ बिश्वबिधालयमा प्राध्यापक समेत रहेका छन्। यति मात्र होइन दक्षिण ललितपुरमा जन्मे हुर्केका डा. घिमिरे बहुदल कालमा रातो पासपोर्ट दुरुपयोग काण्डको छानबिन समितिका सदस्य पनि थिए।  

शुक्रबार र शनिबार बसेको बन्द कार्यशाला गोष्ठीले यसै वर्ष असोजको ३ र ४ गतेका लागि राष्ट्रिय बेला बोलाएको छ। राष्ट्रिय भेलाले महाधिवेशनका थप काम गर्ने कुरा पार्टीले जनाएको छ।

स्थापना देखिने रास्वपा माथी क्लासिकल राजनैतिक पार्टीहरुले आक्रमण गर्न थालेका छन्। त्यसको फेस गर्न सधैं दरो रुपमा संसद र आम नागरिकहरुमा पार्टी पुगेको देखिन्छ। सुमोना श्रेष्ठको शिक्षा मन्त्री हुँदाको कामको गति र बिधि अन्यले पुरा गर्न नसक्ने सबैको स्वीकारोक्ति छ। 

पार्टी सभापतिको गृहमन्त्री हुँदा तयार गरेका भ्रष्टाचारका फाइल दबाउन सरकार २४ घण्टामा नै ढालेको कारण त सभापतिले संसदमा नै खुलासा गरका छन्। बिधि र तरिका हेर्दा आउने आम निर्वाचनमा यो पार्टी अरु क्लासिकल पार्टीहरुलाइ फलामको च्यूरा हुने देखिन्छ। 

यस पहिला महामन्त्री डा. मुकुल ढकालले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको योजनाको प्रलोभनमा परि गरेको बैमानीले डा. ढकाल धोबीको कुनी के घर न घाटको भएका छन्। राजनैतिक क्षेत्रमा शिखण्डी भएकाले सो काण्डसँगै उनको राजनैतिक भविष्य समाप्त भएको कुरा राजनैतिक वृत्तले बताएका छन्।

Comments
Related News
Latest Post