जबरजस्ती करणी गरेको अभियोगमा गोलखाडाका ६१ वर्षीय कुँवर पक्राउ

नेपाल प्रहरी, अर्घाखाँची, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-८ गोलखाडा बस्ने  ६१ वर्षीय निम बहादुर कुँवरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । कुँवरले ती किशोरीलाई सोही नगरपालिका-६ स्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

झापा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५ बस्ने २० वर्षीय  संजय राजवंशीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राजवंशीले ती बालिकालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Comments
Related News
Latest Post