१८ देशमा राजदूत सिफारिस

आज बसेको मन्त्रिपरिषदको बैठकले १८ देशका लागि राजदूत सिफारिस गरेको छ। यसभन्दा अघिल्लो सरकारले फिर्ता बोलाएका भारतका लागि नेपाली राजदूतमा डा शंकर शर्मालाई भने निरन्तरता दिने निर्णय भएको छ।

यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे पनि राजदूतको सिफारिसमा परेका छन्। चीन, रुस, अष्ट्रेलियालगायतका देशका राजदूत फिर्ता बोलाउने र नयाँ राजदूत सिफारिस गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

Comments
Related News
Latest Post