ओली पिएम र लेखक गृहमन्त्रीपछि गुण्डा मन्त्री हुन्छन र नाङ्गै मन्त्रालय जान्छन

आज जुलाई २७, २०२४ का दिन नेपालको गण्डकी प्रदेशका मन्त्री राजीव गुरूङ अर्थात दिपक मनाङे गन्जी मात्र लगाएर मन्त्रालयको काम गर्दै गरेको फोटो समारचार र सामाजिक संजालमा यत्र-त्रत्र छ। अनि अहिले नेपालमा नेपाली कांग्रेस र नेकपा एमालेको लठबन्धनको सरकार छ।

नेपालका सबैजसो राजनैतिक दलका आफ्नै गुण्डा दस्ता छन्। युवा संघ, तरुण दल, अखिलहरु, नेविसंघ लगायत त देखाउने नामका हुन। भित्री रुपमा मनाङ्गे, चक्रे, घैंटे, चरी, बहेश बस्नेत लगायत चाहिं सेटिङ्ग गर्ने गुण्डा हुन्। माओवादी पार्टीको त कुरै भएन आफैं हत्यारा हुन्, हतियारधारी गुण्डा। तराइ मुलका पार्टीको त कुरै अर्कोछ, पैसा र पद भएपछी ती पार्टीहरु जे पनि गर्छन।

यो पटक प्रजातन्त्रको बिधि बिरुद्ध संसदमा दुइ ठुला पार्टीहरु नेपाली कांग्रेस र नेकपा एमालेको सरकार छ। प्रधानमन्त्री एमाले अध्यक्ष केपीशर्मा ओली आफैं छन् भेने गृहमन्त्री नेपाली कांग्रेसका रमेश लेखक छन्। प्रधानमन्त्री ओलीका अगाडी पछाडी सुरक्षा घेरा होइन गुण्डाहरुको सर्कल हुन्छ। त्यसको नेतृत्व महेश बस्नेतले गर्छन। स्मरणीय कुरा महेश बस्नेतले गत बर्ष एनआरएनहरुको मुख्यालयमा गुण्डा बैठक गर्दै दारु पार्टी गरेर एनआरएनहरुलाइ नै पिटेका थिए।

गृहमन्त्री लेखक भनिएका उदियमान नेता हुन् तर उनि भाडाका सिपाही हुन् अर्थात् मन्त्री र काँध उनको बन्दुक अरुको। स्पष्ट भाषामा भन्दा कांग्रेस-एमालेका सबै काण्ड लुकाउन र एमालेले भने जस्तो सेटिङ्गको लागि काम गर्ने ल्याप्चे गृहमन्त्री हुन्। त्यसैले यो समय नै नेपालमा सबै भन्दा गुण्डाहरुको गोल्डेन एरा हो। 

सबैलाइ थाहा छ, यिनै पार्टीहरुले गुण्डा, हत्यारा, बलत्कारी, लुटेरा सबैलाई पार्टीको छत्र छायाँ दिएर नेता बनाउँछन्। सांसद र मन्त्री बनाउँछन्। कृष्णप्रसाद भट्टराइ र मनमोहन अधिकारीले जस्तो विद्वानहरुलाइ मन्त्री बनाएको बिरलै होला। त्यसैले उनीहरु सफल थिए, नागरिकमा काम गरे तर बाँकी सबैले त्यो हैसियत देखाएनन र आफ्नै काम गरे।

भर्खरै नेपालको गण्डकी प्रदेशको सरकारमा उनै दीपक मनाङे मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा भौतिक पूर्वाधार मन्त्री छन्। केहि समय कम्युनिष्ट पार्टी नजिक देखिएता पनि स्वार्थ पुरा भएपछि उनि स्वतन्त्र सांसद हुन्।

अनलाइन खबरले सम्प्रेषण गरेको समाचार अनुसार मनाङे गञ्जीमा मन्त्रालयको कार्यकक्षमा जाने मात्र होइन अपशब्द समेत बोल्ने, कार्यकक्षमै मदिरापान गर्ने गरेका छन्। केही दिनअघि गञ्जीमै कार्यकक्षमा बसेर मदिरासमेत खाएर अपशब्द बोलेको कर्मचारीले नै गुनासो गरेका छन्। मन्त्रीको सामान्य मर्यादाकोसमेत ख्याल नगरी गञ्जीमै कार्यकक्षमा बसेका मनाङेले सेवाग्राहीलाई समेत त्यसरी नै भेटेका छन्। शुक्रबार मात्र राइड सेयरिङ समूहसँग मनाङेले रक्सी खाएर जान अफर गरे। अब प्रश्न यहाँ उठ्छ, मापसे कसलाई चेक गर्ने?

केहि दिन पहिला विद्वानहरुको एउटा जुम र्यालीमा गरिएको छलफल र निर्क्योल अनुसार १५ वटा मुख्य कारणले गर्दा गृहमन्त्री लेखक इतिहासमै सबै भन्दा असफल र निकम्मा सावित हुनेछन्।

Comments
Related News
Latest Post