क्यालीफोर्निया पार्क फायरले ४ हजार भन्दा धेरै घरपरिवार खाली 

क्यालिफोर्नियामा गत बुधबार देखि सुरु भएर बढ्दै गएको पार्क फायरले ४ हजार भन्दा धेरै घरपरिवार खाली गर्न बाध्य बनाएको छ भने धेरै घर, ब्यबसाय लगातका संरचना,  गाडी जलेर नस्ट भएका छन्। 

आजै क्यालिफोर्नियाका गभरनर ग्याविन न्यूसमले बट, टेहाम र प्लमास काउण्टी क्षेत्रमा संकटकालको घोषणा गरेका छन्। 

चिको सिटी क्षेत्रमा बुश फायरबाट बढेको फायर स्टेटकै फायर इतिहासमा सबैभन्दा ठुलो बिधंसकारी सावित भएको छ। यो आगलागी हुनमा आगो लागेको गाडीलाइ धकेलेर बढाएको भनिएका व्यक्तिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ। 

आजको जानकारी अनुसार २ लाख ३९ हजार एकर भन्दा धेरै जमिन नष्ट भएको छ। शुक्रबारको गति ४ हजार देखि ५ हजार एकर प्रति घण्टा रहेको बताइएको छ। शुक्रबार एबिसी न्यूजले दिएको समाचार अनुसार ४ हजार भन्दा धेरै घर-परिवार खालि गरिएको छ।

Comments
Related News
Latest Post