-गीता बजगाईॅ, अमेरिका, जुलाई १७, २०२४
म
सबैको प्राण बनेर
निरन्तर बहन चाहने
हावाको शीतलता हॅु
तर मेरो हरियालीमा
डॅडेलो लगाई
ॲाधी
हुरी बन्न बाध्य
किन पारिन्छ
सधैँ सुशान्त
तरङ्गित हुन चाहने
सागर हॅु म
तर मेरो छात्तीभरि
अनेकन फोहोरहरू मिल्काएर
मलाई प्रदुषित पारी
तुफान
ॲाधीहुरी बन्न
प्रेरित किन गरिन्छ ?
आगोको ताप
घामको राप
नदीको वहाव
सबै मेरा लागि मात्र थिए र ?
तिम्रा लागि पनि
उत्तिकै आवश्यक छन् त
आखिर मलाई मात्र किन
विद्रोह गर्नको निम्ति
अगुल्टो झोसी रहन्छौ
अब
यति सम्झिनु
म
रोकिन जन्मिएको हॅुदै होइन
प्राकृतिक रूपमा चल्नु
मेरो नैसर्गिक अधिकार हो
म आफैँ
नियन्त्रित हुन सक्छु
मलाई अरूले
लगाम लगाउनका लागि
समय खर्चनु पर्दैन
किनकि
मलाई
मैले मात्रै
लगाम लगाउॅन सक्छु
अनुशासन
र शालीनता
मेरो पहिचान हो
यसलाई
मैले नै जोगाउनु पर्छ
तसर्थ
म त्यसैमा अडिन तत्पर भइरहन्छु
फगत मलाई
अल्झाउने
अल्मल्याउने
बाटो छेक्ने
काम नगरे मात्र पुग्छ
बॅाच्ने
र बचाउने
क्रममा म
विद्रोही बनेको हुन्छु
अब मलाई
विद्रोही नबनाउनु है
विद्रोह
मेरो चाह होइन
आमाको गर्भमा भ्रुण
अवस्थामा हॅुदादेखि
नाबालक
वयस्क
र वृध्दा अवस्थासम्म पुग्दा
मलाई कालको मुखमा धकेल्ने
अधिकार तिमीलाई
कसले दिएको थियो र?
विनाअधिकार
ममाथि लादिएका
तिम्रा काला कर्तुतलाई
उदाङ्ग पार्न
प्रत्येक चरणमा
म
मान्छे हॅु भनी
बोध गर्दै
गर्छु मान्छे हुनुको विद्रोह!
मेरा विद्रोहका
अनेकन चरण छन्
कहिले
जन्मिनको निम्ति
कहिले
समान अधिकारको निम्ति
कहिले
समान ज्यालाको निम्ति
कहिले
समान मताधिकारको निम्ति
कहिले
लैङ्गिक हिंसाको निम्ति
कहिले
वंशको निम्ति
कहिले
अंशको निम्ति
र कहिले
न्यायको निम्ति
उपर्युक्त
साझा सवालमा
मेरो विद्रोह जन्मन्छ
त्यसैको लागि
म निरन्तर चलेको छु
रोक्न नखोज्नु मलाई
अल्मलिने मेरो कुनै
फुर्सद छैन
अनि तिम्रो बाटो बिथोल्ने
मेरो चाह पनि होइन
मैले हिँड्ने गोरेटो
मैले तय गरेको छु
मेरो लक्ष्य
र सपनालाई
कॅाडाबाट छुटाएर
फूलको आसन दिन
मैले मैसॅग
विद्रोह गरेको छु
चाहे जेसुकै भन
मेरो मालिक
म नै हॅु भन्न
म हिच्किचाउॅदिन
मैले मसॅग
विद्रोह गरेर
आफूलाई अँध्यारोबाट
उज्यालोमा लम्काउने अधिकार
मेरो नै हो
र मबाट नै
त्यो सम्भव छ
यति गर्न सकिन भने
मेरो विद्रोहले
मलाई
नरपशु बनाउॅछ
म मान्छे हुनुको विद्रोह गरी
मान्छे नै भएर
बॅाच्न रुचाउॅछु
म ‘म ‘भित्रको ऊर्जा
उजागर गर्छु
मभित्रको प्रकाशलाई
बाहिर प्रज्वलित गर्नु
मान्छे हुनको
विद्रोह हो भन्ने सम्झन्छु
निहुनिरिएर
ओरालो खेदिए पनि
शिर झुक्ने काम
नगरेपछि
पुन : शिर ठाडो गरेर
शिखर भेट्न
अनवरत
मेरा पाइलाहरू तल्लीन छन्
मान्छे हुनुको
अर्थ बोध गर्दै
सङ्घर्षरत
मभित्रका मान्छेले
यसरी विगुल फुकिरहन्छन्
मान्छे हुनुको विद्रोह!!