साउने सङ्क्रान्ति/कर्कट सङ्क्रान्ति अनि लुतो फाल्ने दिन

नेपालीहरुले साउने सङ्क्रान्ति यसलाई कर्कट सङ्क्रान्ति भनिन्छ, यस दिन मिष्ठान्न खाएर, लुतो फालेर मनाउने गर्छन। यो बर्षको साउने सङ्क्रान्ति साउने सङ्क्रान्ति आषाढ शुक्ल दशमी मङ्गलबार जुलाई १६, २०२४ का दिन परेको छ। यस दिन लुतो फाल्दा बर्ष भरि लुतो आउँदैन भन्ने चलन छ।

लुतो फाल्दा ठाउँ अनुसार फरक रुपमा लुतो गाउने गरिन्छ। ललितपुरेहरुले चाहिं भन्दै धसिङ्गारे, भलायो, कुकुरडाइनो, असुरो, कुरिलो, सरो, नुनढिकी जस्ता वृक्षका स्याउलाको छाप्रो बनाउँछन्। त्यसमा नुन लगायतका कुरा थपेर त्यो छाप्रोलाइ सांझमा जलाउँदै, नाङ्गो ठट्टाएर, “वारी गाउँले, परी गाउँले, लुतो लैजाओ” भन्ने चलन छ। बल्दै गएपछि त्यसको अगुल्टो पनि फाल्ने चलन छ। स्मरणीय कुरा, उल्लेखित वृक्ष र झारपात औषधीको रुपमा पनि प्रयोग हुन्छन।  

धार्मिक र प्रकृति नियम अनुसार चाहिं सङ्क्रान्तिमा सूर्यको दर्शन, पूजा र आराधना गरिन्छ। हाम्रो हिन्दु संस्कृति पाञ्चायन देवतामा पनि सूर्यको पूजा आराधना गरिन्छ। श्रावण सङ्क्रान्तिमा सूर्य दक्षिणतर्फ मोडिने हुनाले यो दिनदेखि सूर्य दक्षिणायण हुन सुरु गरेको भनिन्छ। यसको अर्थ दिन लामा र रात छोटा हुन्छन्।श्रावण महिनाभरि नै भगवान शिवजीको पुजा, आराधना गर्ने गरिन्छ।

Comments
Related News
Latest Post