अमेरिकामा सिसेक्पा तङ्नाम् मनाइयो, पूर्व अन्चलाधिस तुम्बाहाम्फे अथिति

अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्क ग्रेटर बे एरिया बस्ने नेपाली भुमिपुत्र रैथाने याक्थुम्ङ् लिम्बू समुदायले मौलिक चाँड सिसेक्पा तङ्नाम् यहि जुलाई १३, २०२४ मा मनाएका छन। 

आफ्नो संस्कृति र पहिचानको संरक्षण र पुस्तान्तरणको निम्ति उनीहरुको सामाजिक संस्था किराँत याक्थुङ् चुम्लुङ्को अग्रसरतामा किराँत धर्म ग्रन्थ मुन्धुममा उल्लेखित चार पर्वहरू मध्ये एक यो पर्बको आफ्नै किसिमको विशेष महत्व रहेको पाइन्छ। 

यस पर्वका दिन एका बिहानै उठी बनपाखा गइ अररेको काँडा, हरकटोको पात, सिस्नुको पात, सिकेकफुंङ, काउलोको सेउली खोजि घरमा ल्याएर बाबियोको डोरीमा बाँधेर लामो माला जस्तो बनाई घरको मूल ढोका वा पुरै घरमा बेरी बाँधीदिने गरिन्छ। यसो गर्दा परापुर्बकालमा झैँ अहिले पनि दु:ख कस्ट, अनिकाल टरेर जाने र त्यस पछि राम्रो समय आउने, सबै लाई सुब्बे फाब्बे हुने जन बिश्वास लिम्बू समुदायमा रहेको पाइन्छ। त्यसैगरी मौलिक खेल खेल्ने,  नाच नाचिन्छ र मिस्ठान्न खाने चलन छ।

विश्वकै चर्चित शहर सान फ्रान्सिस्को नजिकै रहेको बर्क्ली मारिनामा लिम्बू याक्थुङ्बाहरु भेला भै मनाइएको सो पर्वमा विभिन्न मौलिक खेलहरु पनि खेलियो। खेलिएको खेलहरुमा छेलो हान्नेमा कमान वनेम, हण्डी फोर्नेमा मेनुका लिम्बु, कुर्सि चोर्नेमा उन्नति फोम्बो र तातो आलु खेलमा सबै प्रतिस्पर्धीहरुलाइ भिम मादेम्बाले जिती ट्रफी आफ्नो हात पारेका थिए।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा परम्परागत केलाङ् नाँच, हात समाउदै पालम गाउदै नाँचीएको धान नाँच तथा लिम्बुहरुको मौलिक खाना याङबेनको स्वादिष्ट परिकार रहेको थियो। 

उक्त सामाजिक कार्यक्रमको उद्घाटन पूर्व अन्चलाधिस रितुबर्ण तुम्बाहाम्फेले गरेका थिए। कार्यक्रममा आफ्नो मन्तब्य रोशन सुब्बा लिबाङ, रेखदेख तुम्यांङ सुरेन्द्र फोम्बो, प्रत्यक्ष प्रसारण गणेश वरूम्हाङ्र, रजिस्ट्रेसन बुथ ( क्रिस्टी, रोशनी, तेज) र कार्यक्रमको संचालन टंक फोम्बो र उपाध्यक्ष नबिन सुब्बाले गरेको कुरा आयोजकहरुले जानकारी दिए।

कार्यर्कममा विभिन्न संघ-संस्था र व्यक्तिहरुको उपस्थित रहेको थियो। अन्त्यमा संस्थाका अध्यक्ष अतित लिम्बूले सबैलाई हार्दिक धन्यबाद दिदै कार्यक्रमको विधिवत समापन गरिएको थियो।

Comments
Related News
Latest Post