प्रधानमन्त्री नियुक्त ओलीप्रति एक्साइटमेन्ट छैन, मन्त्री को हुने भन्ने चासो धेरै

नेपाली नागरिकहरुको सोच र बिधि एकातिर हुन्छ नेपाली राजनैतिक दलहरुले आफू सत्तामा पुग्न र रहन त्यसलाई लत्याउँदै जान्छन। कुनै एक यस्तो समय आउँछ त्यसप्रति चासो घटेर जान्छ।

बिधिको बिपरित र नागरिक सोच बिपरित पहिलो ठुलो र दोश्रो ठुलो दललाइ राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (२) बमोजिम सरकार बनाउन आब्हान गरे। 

त्यसै अनुसार राष्ट्रपति समक्ष बिन्तीपत्र चढाएर प्रधानमन्त्री नियुक्त केपीशर्मा ओलीप्रति कुनै एक्साइटमेन्ट देखिएन। उनको भन्दा धेरै नागरिक चासो र मिडिया कभरेज भने को को मन्त्री हुन्छन भन्ने धेरै भएको छ। 

संबिधान र बिधि अनि नागरिक सोच बिपरित आफू सहज ब्याख्या गर्दै नेपालको ४५ औँ प्रधानमन्त्रीका रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपीशर्मा ओली नियुक्त भएका हुन्। खासमा उनि सुनियोजित रुपमा सबै शक्ति कब्जा गर्न र आफ्नो वरिपरी शक्ति घुमाउन रमाउने व्यक्ति हुन्। एक किसिमका डिक्टेटर हुन्।  उनि कहिले काहीं हावाका कुरा पनि गर्छन त्यसैलाई उनका अन्धभक्तहरु पत्याइहाल्छन। एकपटक खुस्केर बोलेको काठमाण्डौमा पानी जहाज भन्ने मजाक अहिले पनि चल्दैछ।

प्रधानमन्त्री ओलीलाई देशका प्रमुख राजनीतिक पार्टी कांग्रेस र एमालेको प्रस्तावमा करिब दुई तिहाइको समर्थनमा सरकारको नेतृत्व गर्ने अवस्था छ। तर यो तरिका प्रजातन्त्रको मर्म र बिधिको बिपरित भएकाले कुनै चासो छैन। संसदमा दुइ ठुला दलले सरकार बनाउनु हुँदैन। ठुलो दलले सरकारको नेतृत्व गर्नुपर्छ र दोश्रो ठुलो दल प्रतिपक्षमा बस्नुपर्छ।

कानुन र राजनैतिक क्षेत्रका बिज्ञहरुको भनाइमा यो पटक संबिधानको सबै बिधि पुगेकाले ठुलो दलको रुपमा नेपाली कांग्रेसका संसदीय दलनेता नै यो अबधिमा अन्तिम र निर्विकल्प प्रधानमन्त्री हुनुपर्ने हो तर त्यसो भएन।

त्यसैले पनि बिना चासोका प्रधानमन्त्री भएकाले प्रधानमन्त्री नियुक्त ओलीप्रति कुनै एक्साइटमेन्ट देखिएन। तर त्यो भन्दा धेरै चर्चा चाहिं कुन पार्टीका को को मन्त्री बन्ने कुराले मिडिया र आम नागरिकमा चासो बढ्यो। यो भनेको नेपाली भाषामा सरकारको नेतृत्व होइन सरकार घिचेको हो।

Comments
Related News
Latest Post