धारा ७६ (३) अनुसार देउबा प्रम हुने कुरा ओलीले नै ब्याख्या गरेका हुन्, भिडियो सहित

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने मिति नजिकिँदै जाँदा एमाले अध्यक्ष केपी शर्मा ओली दबाबमा देखिएका छन्। प्रचण्डले विश्वासको मत नपाउने निश्चित छ। तर, विश्वासको मत नपाएपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ अनुसार नयाँ सरकार गठनको गरिदिन्े हुन् कि भन्ने दबाबमा ओली देखिएका हुन्। संविधानअनुसार ७६ को धारा ३ अनुसार राष्ट्रपतिले सरकार गठनको आह्वान गरेमा ओली होइन कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्छन्।

संवैधानिक व्यवस्थाअनुसार धारा ३ अनुसार संसदको सबैभन्दा ठुलो दलबाट प्रधानमन्त्री बन्ने व्यवस्था छ। अहिले संसदमा कांग्रेस सबैभन्दा ठुलो दल हो । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले विश्वासको मत नपाएमा ६७ (३) अनुसार नयाँ सरकार गठन हुने तर्क गर्दैै आएको छ । ओलीले पार्टीलाई धोका दिएर कांग्रेससँग सहकार्य गरेपछि चिढिएको माओवादीले ओलीलाई रोक्न भरपूर प्रयास गर्दै आएको छ। यदि राष्ट्रपतिले ७६(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेमा अदालतसम्म जाने तयारीमा माओवादी छ।

राष्ट्रपतिले २ अनुसार आह्वान गरे विवाद हुने निश्चित रहेको सन्दर्भमा उनले चाहेको खण्डमा ३ अनुसार आह्वान गर्न पनि उनको स्ववीवेकीय अधिकार हो । किनकी २ अनुसारको प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि आह्वान गर्ने भनेको ३ अनुसार नै हो । खाली उनले २ मा फर्किन मिल्दैन भन्ने विवाद मात्रै हो।अर्थात राष्ट्रपति २ मा फर्किनेबारे विवादका भएपनि ३ भने स्वभाविक प्रक्रिया हो । यसबारे राष्ट्रपति अहिले आन्तरिक छलफलमै रहेको बताइएको छ भने यहीबीच कांग्रेस र एमाले २ अनुसार नै राष्ट्रपतिले आह्वान गर्ने विश्वासमा छ।

प्रधानमन्त्री प्रचण्डले असार २८ मा विश्वासमा नयाँ सरकार गठनको प्रक्रिया बल्ल सुरु हुनेछ। विश्वासको मत लिएर परिणाम जे आउँछ त्यही अनुसार अघि बढ्ने संवैधानिक अधिकार प्रयोग गर्ने निर्णयमा पुगेका बेला प्रचण्डलाई कांग्रेस–एमालेले तत्कालै राजीनामा गर्न दबाब दिनुमा उनीहरूबिच भएको समझदारीले काम गरेको छ। कांग्रेस र एमालेबिचको समझदारी अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भनिएको छ। पहिलो चरणमा ओली प्रधानमन्त्री बन्ने दुई दलको समझदारी भएपनि राष्ट्रपतिले संविधानको कुन धारा अन्तर्गत सरकार गठन गर्न आह्वान गर्ने हुन् भन्ने त्रास र अन्योलले एमाले अध्यक्ष ओलीलाई बढी नै सताएको देखिन्छ।

सोही त्रासले राजीनामाको आवाज चर्को सुनिएरहेको हो। उसो त यसमा राजनीतिक दलका नेताहरू कानुका जानकारहरूको फरक–फरक मत प्रकट भइरहेको छ। मुलुकका दुई ठुला दल मिलेर स्थिर सरकार बनाउँछौ भनिरहेका बेला राष्ट्रपतिले संविधानको उपधारा २ अनुसार नै सरकार गठनका लागि आह्वान गरेमा ओली २८ पछि प्रधानमन्त्री बन्ने निश्चित छ। तर संविधानको यो उपधारा अनुसार ओली प्रधानमन्त्री बने पनि समय क्रममा कांग्रेसले समर्थन फिर्ता गरे वा सत्ता सहकार्यमा खटपट भए जुनसुकै बेला उपधारा ३ अनुसार कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्न सक्ने छन्। अर्थमन्त्री एवं माओवादीका उपमहासचिव वर्षमान पुनले संविधान बमोजिम प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने र बहुमत प्राप्त नगरे स्वतः सरकार गठन प्रक्रिया उपधारा ३ मा जाने जिकिर गरे । विगतमा ओली सरकारले पनि संविधानको उपधारा २, ३ र ५ प्रयोग गरेको उदाहरण दिँदै पुनले संविधान अनुसार उप

धारा २ बमोजिम बनेको प्रधानमन्त्रीले विश्वासको मत गुमाएमा स्वाभाविक रूपमा उपधारा ३ मा प्रवेश गर्ने तर्क गरे। संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले पनि उपधारा २ बमोजिम बनेका प्रधानमन्त्रीले विश्वासको मत नपाए स्वतः उपधारा ३ मा जाने संवैधानिक सिद्धान्त भएको तर्क गरे । तर, अर्का संविधानविद् विपिन अधिकारीले उपधारा २ अनुसार नै फेरि सरकार गठन गर्न संविधानले बाधा नपार्ने तर्क गरे । माओवादीका महासचिव देव गुरुङले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि संविधान बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिनु स्वाभाविक भएको बताए। प्रधानन्त्रीले संसदमा विश्वासको मत नपाए स्वाभाविक रूपमा उपधारा ३ अनुसार सरकार बन्ने उनको जिकिर छ । यही वादविवादका बीच राष्ट्रपतिले गर्ने आह्वानतर्फ सबैको ध्यान मोडिएको हो।

Comments
Related News
Latest Post