बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित रूसी नागरिकहरु पक्राउ

नेपाल प्रहरी, काठमाडौं/अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित रूसी नागरिक ४० वर्षीय SERGEY KOROTKIKH र २३ वर्षीया ELENA SHATILOVA लाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज एरियामा चेकिङ गर्ने क्रममा SERGEY KOROTKIKH लाई विभिन्न दरका गरी जम्मा १ लाख ८० हजार ९ सय युएई दिराम र ५ सय अमेरिकी डलर तथा ELENA SHATILOVA लाई १९ हजार २ सय अमेरिकी डलर र १४ हजार २ सय युएई दिराम सहित फेला पारी पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।

Comments
Related News
Latest Post