प्रधानमन्त्री दाहालले असार २८ मा विश्वासको मत लिने, नभए देउबालाइ प्रधानमन्त्री दिने

राजनीति बक्र रेखामा हिंड्ने गति हो। तर पनि नेपालको राजनीति त झनै नागबेली परेको हुन्छ। राजनैतिक स्वार्थको लागि जे र जुन हद पनि पर गर्छन राजनैतिक दलहरु।

पछिल्लो समय कांग्रेस-एमालको लठबन्धनले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गत्ते विश्वासको मत लिने भएका छन्। सो को कार्यसूचीमा संसदमा राख्न सभामुखलाई पत्र पठाएका छन्। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संबिधानको व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन्।

कांग्रेस-एमालेबीच नयाँ लठबन्धन (गठबन्धन) बनाउने सहमति भएसंगै प्रम दाहालले अल्पमतमा परेका छन्। पछिल्लो एक दशक सत्ता वरिपरि घुमेका प्रम दाहाल यो पटक पनि कुनै जादूको छाडी हान्ने प्रयासमा छन्। आफूले विश्वासको मत लिन नसके नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई प्रधानमन्त्रीको लागि अगाडी सरेर जाने र पहिलाको जस्तै लठबन्धनमा जाने प्रयास गर्ने कुरा उनि निकटले बताउँछन्। जे जे गर्नुपरे पनि गर्ने तर एमालेलाइ सरकारमा जान नदिने पक्षमा उनि रहेका छन्।

Comments
Related News
Latest Post