दर्जनौं काण्ड लुकाउन सत्ता लठबन्धन, संबिधानको संसोधन, कांग्रेस धरापमा

कृष्ण के सी, अमेरिका, जुलाई २, २०२४

नेपालका सबै जसो ठुला दलहरु भ्रष्टाचारबाट मुक्त छैनन भन्ने कुरा उनीहरुले नै आपसी बिरोध गर्दा खोलिएका पोल, अदालत अनि आयोगका निवेदन हेर्दा पनि थाहा हुन्छ।

उसै पनि अहिले गरिएको एमाले-कांग्रेस सत्ता लठबन्धनले संबिधान नै संसोधन गरेर आफूलाइ जोगाउने बनाउने सहमति भएको छ। यो झन् हानिकरक छ।

अदालतबाट दोषी ठहर भएका अपराधीहरुलाइ राता-रात नेता बनाइयो। गुण्डाहरुका अनुसार सरकार चल्यो। भूमाफिया र दलालहरुका अनुसार मन्त्रीका तोक लागे। बेच्न हुने-नहुने सबै र मान्छे समेत बेचे। पछिल्लो समय त नेपालीहरुलाइ रसियामा लगेर बेच्दैछन्।

खुलेआम भ्रष्टाचारमा प्रमाण सहित भेटिएका नेता जेल मुक्त गरियो, सेतिङ्गमा क्लिन गरियो। तिनै पार्टीका मन्त्री र सांसद अनि नेताहरु नै मिलेर काण्ड गर्छन र उन्मुक्त छन्। कसैले बिरोध गरे- लोकतन्त्र माथि प्रहार भयो भन्छन।

खासमा नागरिकहरुलाइ मारेर र विभिन्न आन्दोलनको नाममा गरिएका अति क्रमणबाट आएको लोकतन्त नै सबै भन्दा ठुलो समस्या हो। अमेरिकी राष्ट्रपति जर्ज-वाशिङ्गटनले भने जस्तो प्रजातन्त्रमा नागरिक बलियो हुनुपर्छ, सरकार र नेता होइन भन्ने कुराको उल्टो भएको छ नेपालमा।

कम्युनिष्टद्वारा शाशित र अधिनायकवादी सरकार भएका देशहरुमा सरकार र नेतालाई अनधिकृत रुपमा अधिकारमा रहन्छन र नागरिकहरुलाइ दास जस्तै बनाइन्छ। त्यसैको सिको नेपालमा गरियो। अब आएर दर्जनौ ठुला काण्ड छोपेर आफूलाई चोखो बनाउन नेपाली कांग्रेस र नेकपा एमाले दुइ ठुला दलले सत्ता साझेदारी गर्ने निर्णय गरे।

यो समीकरणबाट माओवादीलाइ सत्ताच्यूत हुनुपरे पनि उसका नेताहरुका दर्जनौ भ्रष्टाचारका काण्ड भने सोहि मिसिलमा लुक्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीलाइ भने सरकारबाट बाहिरिनु बाहेक खासै असर देखिएन। यो तीनबर्षमा संगठन बलियो बनाएर गयो भने ८४ मा एक नम्बरको पार्टी हुने अवस्था देखिन्छ।

तर यो समीकरणले नेपाली कांग्रेस भने झन् जोखिममा पुगेको छ। पहिलो दुइबर्ष त प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने कांग्रेसबाट केहि व्यक्ति मन्त्री बन्लान। त्यसपछि पार्टी एकताको नाममा माधवकुमार नेपाललाइ प्रधानमन्त्री बनाउँछन्। नेकपा एसलाइ एमालेमा बिलय गर्छन। बाम-एकताको नाममा माओवादीलाइ सत्तामा लिन्छन। त्यसैगरी एकल सांसद पार्टीहरुलाइ पनि एक/एक रोजा मन्त्री दिएर सरकार बनाउँछन्। दुइ बर्ष पछि कांग्रेस गलाहतिएर झन् धरापमापर्छ।

Comments
Related News
Latest Post