महामृत्युंजय मंत्र किन, कसरी के फाइदा? 

महामृत्युंजय मंत्र 

ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् ।

उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ॥

महामृत्युंजय मंत्रलाइ महामृत्युंबाट जोगिने  जय मंत्र भनेर बुझ्ने गरिएको छ। यी मंत्रहरु भगवान “शिव शंकर भोलेनाथ” लाइ खुशी बनाउने बिशेष मध्ये एक मंत्र भन्ने विश्वास छ। वेद र धर्मशास्त्रका बिज्ञहरुका अनुसार महामृत्युंजय मंत्र ऋग्वेद देखि यजुर्वेद सम्म पनि उल्लेख भएको पाइन्छ।

महामृत्युंजय मंत्र, ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ॥ को जप गर्नाले भयमुक्त हुने, रोगमुक्त हुने, अकाल र अल्पयू मृत्यूको डरबाट जोगिन्छ, बाधा-अड्चन फुकुवा हुन्छन, समस्या र विवादबाट मुक्ति पाइन्छ र शुभ समय निरन्तर चलिरहन्छ या सुरु हुन्छ भन्ने विश्वास रहेको छ।

महामृत्युंजय मंत्रको महत्वबारे शिवपुराण र अन्य थुप्रै धार्मिक ग्रन्थ, पुराणहरुमा उल्लेख गरेको कुरा धार्मिक र सनातन वेद-विज्ञानका बिज्ञहरु बताउनु हुन्छ। शिवपुराणमा उल्लेख भए अनुसार महामृत्युंजय मंत्रको जप गर्नाले व्यक्तिले सबै कष्टबाट मुक्ति पाउँछ।

महामृत्युंजय मंत्रको नेपाली अर्थ

म भगवान शिवजीको पूजा-आराधना गर्छु, उहाँका तीनवटा सुन्दर आँखा छन्। तिनै तीन आँखाले हाम्रो रेख-देख, पालन र पोषण गर्नुहुन्छ। जसरी बोटबाट फलफुल कुनै न कुनै दिन झर्छ त्यसैगरी हामी पनि जन्मेपछि एक दिन पक्कै मर्च्छौँ तर रुखको हाँगाले फललाइ जोडेर राखी रहन्छ त्यसैगरी हामीलाई पनि शिवजीले सुरक्षित र गर्नुहुन्छ। फलको जस्तै हामीलाइ दिइएको पुरा उमेर सम्म कुनै अड्चनबिना जीवित राख्नुहुन्छ।

महामृत्युंजय मंत्र जप कहिले र कसरी गर्ने

महामृत्युंजय मंत्रको जप हरेक दिन सुर्य उदाउनुभन्दा पहिला नै रुद्राक्षको माला लिएर गर्नुपर्छ। शिवपुराण अनुसार अधिक लाभको लागि महामृत्युंजय मंत्र १०८ पटक जप गर्नुपर्छ। 

मानोविज्ञान र स्वास्थ्य बिज्ञान अनुसार

महामृत्युंजय मंत्रको जप गर्नाले मानिसमा कुविचार, नकारात्मक रोच, पिर-चिन्ता कम हुन्छ। मन बलियो भएर आउँछ। शरीरमा तागत भएको अनुभव हुन्छ। मनोबल बढेर रोगसँग लड्ने शक्ति बढेर जान्छ। आरिस र भय कम हुन्छ। यी सबै भएपछि स्वास्थ्य बिज्ञान अनुसार मानिस स्वस्थ रहन्छ। शान्तले निदाउँछ, मानसिक रोग हुँदैन, दैनिकी सहि रुपमा जान्छ र ब्लड प्रेशर, डाईबेटिक्स जस्ता रोग पनि कम भएर जान्छन। यस्ता धेरै कारण छन् त्यसले मानिस दिर्घायु हुन्छ।

Comments
Related News
Latest Post