Meta AI बारे 

कृष्ण के सी, अमेरिका जुन २३, २०२४ 

सबैलाई थाहा छ अहिलेको समय Artificial Intelligence (AI) ले सर्वत्र चर्चा पाएको छ। AI बारे औपचारिक रुपमा पढियो, केहि पुस्तक पनि पढियो र केहि लेखन पनि लेखियो। यो क्रम निरन्तर हुनेछ। यो पटक चाहिं Meta अर्थात फेसबुक AI का बारेमा केहि लेख्ने प्रयास गर्दैछु। 

Meta ले AI टुललाइ बिश्वभरिका मानिसहरुबीच नेटवर्क सहज गर्न एडभान्स गर्दै लगेको बताएको छ। मानिसहरुलाइ अत्यन्तै सहज र सुन्दर रुपमा सामाजिक संजाल प्रयोग गर्न AI नेटवर्क बिकास र बिस्तार गर्दै लागेको उसको दावी छ। फेसबुकका अनुसार AI मेटा एक्लै होइन यसलाई अनुसन्धान र बिज्ञानका थुप्रै कुरा जोडेर विकास गर्दै अगाडी लग्दैछ।

यो आधारभुत अर्थात Generative AI, NLP, Computer Vision या अन्य कुरा नै किन नहुन। AI को प्रयोगले मानिसहरुमा नयाँ र सुन्दर पक्ष दिनु नै उसको उद्येश्य हो। यसमा स्पीच अडियो देखि अन्य कुरा आउँदैछन। फेसबुकले AI लाइ रेस्पन्सिबल बनाउन पनि आफ्नो ध्यान दिएको छ।

आम रुपमा यसलाई मेटाले वेब र फेसबुक म्यासेन्जरमा दिएको छ। वेबलाइ डेस्क्टपमा र फेसबुक मेसेन्जरलाइ डेस्क्टप र मोबाइल एप दुबैमा प्रयोग गर्न सकिन्छ। यो सुन्दर र एक दम रमाइलो पनि छ।

Comments
Related News
Latest Post