अमेरिकी जुण्टिन्थको ऐतिहासिक पक्ष र अहिले

कृष्ण के सी, अमेरिका, जुन १९, २०२४ 

खासमा अमेरिकी जुण्टिन्थको ऐतिहासिक पक्षलाइ हेर्दा अमेरिकी स्वतन्त्रतासँग जोडिएको कुरा आउँछ। अमेरिकी इतिहासको अध्ययन गर्दा Freedom’s Eve भनेर जनवरी १, १८६३ लाइ मानिन्छ। त्यस दिन अमेरिकीहरु चर्च र घरतिर जम्मा भएर “Emancipation Proclamation” अर्थात स्वतन्त्रताको घोषणा सुन्न आतुर भएर बसेका थिए।

National Museum of American History का अनुसार जनवरी १, १८६३ मा १३ राज्यहरु स्वतन्त्र भएर जसलाई युनियन भनेर चिनिन्छ। तर त्यसको लगत्यै सो आसपासका राज्यहरु पनि स्वतन्त्र भएको घोषणा गरियो। तर टेक्सस राज्य भने पछि मात्र स्वतन्त्र भयो। 

जुन १९, १८६५ मा २ हजार भन्दा धेरै युनियन ट्रुप टेक्ससको Galveston Bay मा पुगे। सोहि समय सेनाले २ लाख ५० हजार भन्दा धेरै दास बनाइएका काला जातिका मानिसहरुलाइ स्वतन्त्र बनायो। त्यसै जुन १९, १८६५ को दिनलाइ Juneteenth भनेको ऐतिहासिक जानकारी पाइन्छ।

Comments
Related News
Latest Post