अमेरिकी फादर्स डे र नेपाली भाद्र कृष्ण कुशे औंसी

आज जुन १६, २०२४ जुनको तेश्रो आइतबार अमेरिकी फादर्स डे पर्न गएको छ। इतिहासको अध्ययन अनुसार अमेरिकी फादर्स डे को सुरुवात १९०९ देखि सुरु भएको पाइन्छ। खासगरी अमेरिकी फादर्स डे को कुरा गर्दा “Sonora Smart Dodd” भन्ने कुरा भुल्न हुँदैन। 

Sonora Smart ले आफ्ना पिता सिभिल वारका भेटरान William Jackson Smart ले आफ्नी श्रीमतीको देहान्तपछि सन्तानलाइ हुर्काएको कारण उनले पिताको सम्मानमा यो पर्वको सुरुवात भएको हो। यस पहिला नै मनाउने गरिएको  मदर्स डे जस्तै फादर्स लागि पहल गरिएको थियो। यो अभियानलाइ Sonora Smart Dodd को नामले चिनिन्छ।

इतिहास अनुसार पहिलो अमेरिकी फादर्स डे जुन १९, १९२० मा स्थानीय YMCA ले चर्चहरुमा मनाउन पहल गरेको पाइन्छ। तर थुप्रै पहल पछि राष्ट्रपति Woodrow Wilson को समयमा १९१६ पछि पहल गर्दै १९२४ देखि मनुमेण्टको रुपमा स्थापित भएता पनि राष्ट्रिय पर्वको रुपमा होलिडे भनेर राष्ट्रपति Lyndon B. Johnson ले जुनको तेश्रो आइतबारलाइ अमेरिकी फादर्स डे मनाउने भनेर १९६६ मा घोषणा गरेका थिए।

तर पनि १९७२ सम्म यो घोषणा कार्यान्वयनभएन हुन सकेको थिएन। राष्ट्रपति Richard Nixon ले १९७२ मा अमेरिकी फादर्स डे लाइ आधिकरिको रुपमा होलिडेको रुपमा मनाउने कानुनमा हस्ताक्षर गरेपछि यसले आधिकारिकता पाएको हो।

अमेरिकी फादर्स डे का दिन सन्तानहरुले आफ्ना पितालाई उपहार पठाउने, उपहार दिने, खान लैजाने, घुमाउन लैजाने, सम्मान गर्ने, दिर्घायुको लागि शुभकामना दिने चलन छ।  

अमेरिका बाहेक बिश्व बिश्वका युरोप, नर्थ अमेरिका, साउथ अमेरिका, एशिया, मध्येपूरवा, अफ्रिका ओसनियाका गरि १११ भन्दा धेरै देशहरुमा फरक-फरक मिति, कारण र उपक्षमा फादर्स डे मनाइन्छ। अरबीयन क्षेत्रका केहि देशहरुमा Imam Ali को जन्मदिनको उपलक्षमा फादर्स डे मनाइन्छ।

नेपालमा भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्वको रुपमा फादर्स डे मनाइन्छ। यस दिन पितालाई सम्मान गरी, मिष्ठान्न खुवाएर, उपाहार दिएर मनाइँदैछ। यसलाई पितृदेवो भवः अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा छोराछोरीले पितालाई विशेष सम्मान गर्छन्। जसका बाबु जीवित छैनन उनीहरुले गोकर्णेश्वर र बेत्रावती मन्दिरमा गएर पितृ तर्पण र सिदा दान गर्ने परम्परा पनि छ।

यो एक बिशेष मिति पनि यो। यस दिन पुरानो कुशको बार्षिक आयु समाप्त हुने र नयाँ कुश प्रयोगमा ल्याउनुपर्ने हुनाले यसलाई भाद्र कृष्ण कुशे औंसी भनिएको कुरा धार्मिक र वेदका बिज्ञहरुले बताएका छन्।ॐ भवतु सर्वमंगलम्#कृष्णार्पण!

Comments
Related News
Latest Post