द एज अफ AI:बुक रिभ्यू

कृष्ण के सी, अमेरिका जुन ८, २०२४ 

जब मैले Henry A Kissinger, Eric Schmidt र Daniel Huttenlocher ले लेखेको The Age of AI: And Our Human Future पुस्तक पढ्न थाले बिचमा रोकिन नै मन लागेन। यो किताब Artificial Intelligence (AI) को सुरुवात र पछिल्लो अवस्था अनि आगामी भविष्यबारे बिस्तृत रुपमा सहज भाषामा उदाहरण सहित लेखिएको छ।

किताब खासगरी AI ले मानव प्रजातिको भविष्य कस्तो हुने कुरामा केन्द्रत छ। AI बारे भनिए जस्तो डराउने करा पनि छैनन अनि AI सहज रुपमा मानव समाजमा जाने पनि होइन। कसैले माने या नमाने पनि AI अहिले सर्वत्र जाँदैछ र त्यसलाई स्विकार्नु नै सद्बुद्धि हो भन्ने बुझ्न सकिन्छ। 

यो पुस्तकले हामीलाई AI को इतिहास देखि अहिलेको अवस्था अनि हाम्रो भविष्य कहाँ लैजान्छ भन्ने कुराको जानकारी दिन्छ। AI को प्रयोगले हाम्रो मानव धारणा र विकासले हाम्रो मानव प्रजातिलाई अरूबाट फरक रुपमा लगेको कुरा पुष्टि गर्छ। मानिवहरु विश्वव्यापी रुपमा नेटवर्कमा रहेका छन्। यो नेटवर्कले विश्वभर AI को वृद्धिमा झन् ठुलो भूमिका खेल्छ। यो अबको दुनियाँमा विश्वव्यापी मानव समुदायहरूको साझा नेटवर्क हुनेछन्, लेखकहरु भन्छन।

हुनत लेखकहरुले विश्वको सुरक्षा व्यवस्थामा कस्तो प्रभाव र चुनौती आउन सक्छ भन्ने थप चेतावनी पनि दिएका छन्। यो पुस्तकले हाम्रो आफ्नै मानव पहिचानलाई आगामी वर्षहरूमा कसरी प्रभाव पार्नेछ। हाम्रो धर्म, संस्कृति, परंपरा, पचिचान जस्ता कुरामा अतिक्रमण र मिश्रित पारेर फरक अवस्था ल्याउने कुरामा चुर्लुम्म डुबेको छ। तर पनि AIले हामीलाई हाम्रो आफ्नै मानव धारणा र अझ महत्त्वका कुराहरुलाइ बढाउने र घटाउने, अबरोध गर्ने, सुधार्ने जस्ता कुराहरु पनि जानकरी दिन्छ।

लेखकहरूले हामीलाई AI ले कसरी मानिसहरूलाई मद्दत गर्न सक्छ र काम गर्न सक्छ भन्ने धेरै उदाहरणहरू पनि दिएका छन्। तर AI ले हाम्रो भविष्यका लागि केही चेतावनीहरू पनि दिन्छन्। AI सँग मानव भन्दा फरक तरिकाले वास्तविकता प्रशोधन, अनुसन्धान गर्ने क्षमता पनि छ। यति मात्र होइन भावना वा प्रवृत्तिको अनुपस्थितिमा AI ले डेटा, प्रक्रियाहरू र प्राकृतिक घटनाहरूबीचको सम्बन्ध जस्ता ठुला कुरा पनि फेला पार्न सक्छ। जुन कुरा मानव विचार र सोध-प्रशोधन क्षमताहरूद्वारा पत्ता नलाग्ने पनि सक्छ।

निष्कर्षमा भन्नुपर्दा, अहिलेको AI अझै पनि जटिल रुपमा रहेको, ठुलो समुदायले बुझ्न बाँकी र पत्याउन नसकेको प्रविधि हो। यसले धेरै विसंगतिहरू र मानव अन्तरक्रियामा बलियो विश्वसनीयता दिएको छैन। AI ले मानव कार्यशक्तिलाई प्रतिस्थापन गर्ने र हाम्रो सामाजिक संरचनामा ठूलो प्रभाव पार्ने सन्दर्भमा धेरै कुरा उठेका छन्। यो प्रमुख चिन्ताको विषय हुनुपर्छ भन्ने कुरा लेखकहरुको तर्क छ। तर हामी फरक रुपमा यसलाई मानव र अन्य प्रजातिको सहजताको लागि लैजान सक्छौं। यसले हाम्रो भविष्यको धारणा र तर्क क्षमताहरू AI को प्रयोगद्वारा पूरक हुनेछन् जुन अपरिहार्य पनि छ। 

चाहे हामी AI लाई उपकरण, साझेदार वा प्रतिद्वन्द्वी मान्छौं या मान्दैनौं त्यो अर्को कुरा हो। तर यो प्रविधिलाई विश्वव्यापी र स्थानीय रूपमा कतिसम्म विस्तार गर्न अनुमति दिइन्छ, कस्ता कानुन र बिधि बन्छन त्यसले निर्धारण गर्नेछ। चाहे त्यो पर्यवेक्षित वा असुरक्षित क्षमतामा नै किन नहोस तर पनि AI यहाँ छ।

Comments
Related News
Latest Post