नेपालको संघीय प्रतिनिधिसभाको बैठक बस्दै

बिहिबार नेपालको संघीय प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बैठक बोलाइएको छ। बैठकमा उर्जामन्त्री शक्ति बस्नेतले अन्तराष्ट्रिय सौर्य गठबन्धनको सथापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। 

अर्थमन्त्री बर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धि पहिलो संशोधन विधेयक, २०८० प्रस्ताव पेश गर्ने छन् भने बिनियोजन विधेयक, २०८१ माथि बिचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभामा उत्पति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७८ माथि छलफलका लागि प्रस्ताव पेस गर्दै छिन भने उनले यस प्रस्तावलाई पारित गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।