राजा बिरेन्द्र सहितको हत्या भएको नारायणहिटी दरबार हत्याकाण्डको स्मृति

नेपालको राजदरवार रहेको नारायणहिटी राज दरबारमा हत्याकाण्ड भएर तत्कालिन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाह र उनका परिवारका सबै, राजपरिवारका अन्य सदस्यहरु र सुरक्षामा खटिएका सुरक्षा कर्मीहरु, कर्मचारी, कामदार सहितको दर्जनौको हत्या भएको २३ बर्ष पुरा भएको छ। २०५८ जेठ १९ गते राति राजदरवारभित्रै तत्कालीन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाहको वंश नाश भएको थियो। 

नियमित पारिवारिक जमघटको मौका पारी तत्कालीन महाराजा बिरेन्द्र, महारानी ऐश्वर्य, युवराजधिराज दीपेन्द्र र युवराज निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का सहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो।

उक्त हत्याकाण्डको प्रतिवेदनले जुन सुकै व्यक्ति दोषी/कारक ठहर्याए पनि आम व्यक्तिको मनमा भने यसको खास कारण अझै रहस्यमय नै रहेको छ। तत्कालिन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो। काण्ड अझै रहस्यमय नै रहेको छ। 

Comments
Related News
Latest Post