देश र नागरिक बिर्सेर सत्ताको मात्र राजनीति गर्ने नेपाली दलहरु 

नेपालका राजनैतिक दलहरुले देश र नागरिक बिर्सेर केवल सत्ताको मात्र राजनीति गरेको प्रष्ट नै देखिन्छ। उनीहरुले उठाएका एजेन्डामा कतै पनि नागरिक जीवन र देशको अर्थतन्त्र लगातका कुरा अटेका छैनन। सबै जसो समाचारहरुमा पाइने भनेको कुन सत्ताबाट बाहिर गयो, को आयो, अब कसरी को आउने मात्र छन्। 

पछिल्लो समय आफ्नो समर्थन नगरेको र डेढ बर्षीय प्रधानमन्त्री नभएको बेतुकको कारण नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी माथि सबै शक्ति खन्याएको छ। यस पहिला कांग्रेस दुर्गा प्रसाईंमाथि खनिएको थियो। तात्विक्र रुपमा उनले करोडौं घुस कांग्रेस नेतालाई नदिएको कारण कांग्रेस रिसाएको कुरा प्रसाईं पक्षको दावी रहेको छ। 

एमाले त राष्ट्र लुट्नमा माहिर छ उसको त कुरै नगरौं। उसैका पार्टीका ओली इतरले त्यसलाई बाहिर ल्याएका छन्। माओवादी मान्छे मारेर आएका अनि उनीहरुले कुनै दण्ड-सजाय नपाएकाले रक्त पिपासुलाइ मान्छेहरुको पार्टी भन्नु नै गलत हो। राष्ट्रिय प्रजातन्त्र पार्टी पहिला नै दशकौं फेलुयरहरुको पार्टी हो उसले नागरिक र देशकको भलो गर्ला त्यो संभव छैन।

पछिल्लो समय ह्वात्तै अगाडी आएको राष्ट्रिय स्वतन्त्र पार्टीको फरक शैली, नागरिक प्रतिको जवाफिदेहिता देखि आफूहरु परिवर्तित हुनुपर्ने डरले तर्सिएका कांग्रेस, एमाले, माओवादी सबैको एकै स्वर छ। फेरी पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा खराव ब्यक्ति छन् या छैनन, हुन् या नहुन त्यो भन्दा पनि अहिले उनीहरु भनेका डाँका भन्दा चोर असल भन्ने अर्थमा अगाडी छन्। किनकी डाँकाले मान्छे मार्छ, चोरले मार्दैन तर पनि डाँका चोरको अन्तिम रुप हो। 

अहिले सबै पार्टीले उठाएका एजेन्डा भनेका केवल आफ्नो पार्टीका केहि नेतामा केन्द्रित छन्। उनीहरुका भ्रष्ट्राचार र गलत काम लुकाउन र छिपाउनमा केन्द्रित छन्। नेपाल र नेपाली नागरिकका बारेमा एउटा पनि छैनन। यसको अर्थ देश र नागरिक बिर्सेर सत्ताको मात्र राजनीति गर्ने दलहरु भन्ने प्रमाणित भएको छ।

यसको विकल्प भनेको पुराना सबै पार्टीहरुलाइ सहि उम्मेदवार दिएको खण्ड बाहेक मत नदिएर ताछ्नु नै गतिलो सजाय हुन्छ। ये पटक सबै नेपाली नागरिकहरु कार्यकर्ता होइन मतदात भएर सोच्नु उपयुक्त होला। 

Comments
Related News
Latest Post