एनआरएनहरुका ३ एजेण्डा, ४ मुख्य काम नै अबको अभियान

कृष्ण के सी, अमेरिका, अप्रिल २०, २०२४

नेपालको राजनैतिक पार्टीका दासहरुले भनेको जस्तो सामाजिक संघ-सँस्थामा एकता, मिलाउने र मिल्ने भन्ने कुरा नै हुँदैन मात्र होइन यस्ता कुराको कुनै अर्थ नै छैन। गैरआवासीय नेपाली संघ (एनआरएनए) मा त्यसो भन्नेहरु भनेका विवेक र बुद्धि नभएका पटमुर्ख र त्यो भन्दा अरु धेरै तलका आरोपी पनि हुन्।

यो कुरा मैले प्राप्त गरेको नेपालको एक मास्टर्स डिग्री र अमेरिकाको अर्को मास्टर्स डिग्री, आइएनजीओको योजना, अनुगमन र मुल्याङ्गकन, प्रशिक्षण लगायतमा १० बर्षे कामको अनुभव र मेरो अन्य अनुभव लगातको करीब पुगेर भनेको हुँ। यसमा मेरो कुनै स्वार्थ छैन। 

त्यसैगरी एनआरएनहरुबारे बिगत १४ बर्षको मेरो इतिहास, संघबारे हजारौं पटकको लेखन, २०१३ देखि अन्तराष्ट्रिय अध्यक्षहरुसँग काम गरेको अनुभवले यो सबै भन्दैछु। अनि यो कुरा इमोश्नल होइन र्याश्नलमा गएर भन्दैछु। यहाँहरुलाइ इमोश्नल र र्याश्नलबिचको फरक थाहा नै छ। 

गैरआवासीय नेपाली संघको स्थापना भएको २००३ बाट २०२४ पुग्दा २१ बर्ष भन्दा धेरै भयो। हामी एनआरएनहरुका प्रमुख एजेण्डा जम्मा तीन (३) वटामा अटाउन सकिन्छ। गर्नुपर्ने दर्जनौ र सयौं काम छन् तर पनि मुख्य चार (४) वटा भागमा पस्कन र अटाउन सकिन्छ। यसलाई मैले धेरै पटक भन्दै र प्रयास गर्दै आएको हुँ तर अझैसम्म पनि किनारा लगाउन सकिएको छैन।

३ एजेन्डा

१. नेपाली नागरिकताको निरन्तरता 

२. बैदेशिक रोजगारीका क्रममामा आएका/आउने समस्या र न्यूनीकरण अनि सहजीकरण

३. विदेशमा बस्ने नेपालीहरुको मताधिकार 

पहिलो कुरा त एजेन्डा भनेको आफैं कार्यान्वयन हुने कुरा होइन। गर्नुपर्ने कामको योजनाबद्घ फेहरिस्त हो। यसलाई अल्प मध्य र र दिर्घकालिन रुपमा Specific, Measurable, Archivable, Realistic and Timebound (SMART) योजना गर्नुपर्छ। SMART अर्थात निर्दिष्ट, मापन गर्न सकिने, पुरा गर्न सकिने, आवश्यकता अनुसारको काम तोकिएको समय सिमामा पुरा गर्ने गरि योजना बनाउनुपर्छ। जस्तोकी धर्म गरे स्वर्ग पुगिन्छ भन्ने SMART योजना होइन। यसलाई प्रयोग, मापन र अनुगमन गर्न सकिंदैन। 

योजनालाइ संघको साप्ताहिक, मासिक, बार्षिक, दुइबर्ष र दिर्घकालिन समयको लागि क्यालेण्डर बनाएर काम गर्नुपर्छ। गरेका काम कसरी भएका छन् योजना र कार्यतालिका अनुसार गएको छ या छैन भनेर अनुगमन र मुल्याङ्गकन (सिंहावलोकन गर्नुपर्छ-स्यालावलोकन होइन) गर्नुपर्छ। 

सिंहावलोकन र स्यालावलोकनबारे समय मिलेमा अर्को पटक कतै उल्लेख गर्ने प्रयास गर्नेछु। तर छोटकरीमा भन्दा माथि देखि तल र तल देखि माथि सम्म (शीर देखि पाउ र पाउ देखि शीर सम्म) पुरा साइज पटक-पटक सिंहले जस्तो हेर्नेलाइ सिंहावलोकन भनिन्छ। दायाँ र बायाँ गरेर एक पटक बिचको भाग (आफ्नो उच्चइ/क्षमताले मात्र देख्ने) हेर्ने चाहिं स्यालले जस्तो हतारमा हेर्ने हो त्यसैले यसलाई स्यालावलोकन भनेको हुँ।

मुल्याङ्गकनले कार्यतालिका र कार्यन्वयन बिधिलाइ फेरबदल गर्नसक्छ तर योजनालाइ फेर्दैन र फेर्न मिल्दैन, हुँदैन अन्यथा गन्तब्यमा पुगिदैन। हामीले यो २१ बर्षमा यस्तो तरिकाले काम गरेनौ या गर्न कसैले दिएनन, गरेनन। गरे पनि योजना, कार्यान्वयन, अनुगमन, निगरानी र मुल्क्याङ्गकन, परिमार्जन र रिप्लिकेशन गरेनौ। 

त्यसैले हामीले पाएका सफलता कि त आंशिक छन की भने छैनन या असफल छन्। कि कसैका ब्यक्तिगत फाइदाका लागि मात्र छन्। अझै भनौं प्रचारका लागि मात्र छन्। नेपाल र आम एनआरएनहरुका लागि छैनन।   

४ मुख्य काम

१. गैर आवासीय नेपाली नागरिकतामा संबिधानको ब्यबस्था अनुसार पूर्ण अधिकार

२. नेपालमा लगानी र पैत्रिक सम्पतिको सुरक्षा र रिपार्टेशनका कुरा 

३. मुख्यगरी एशियाका केहि देश र मध्येपूर्व, अफ्रिका लगायतका क्षेत्रमा श्रमिक संबन्धि आएका समस्याका बारे 

४. विदेशमा बस्ने नेपालीहरुले नेपालको निर्वाचनमा मताधिकार गर्न पाउने ब्यबस्था

अब कसरी त ?

१. गैर आवासीय नेपाली नागरिकतामा संबिधानको ब्यबस्था अनुसार पूर्ण अधिकारलाइ संबिधानको ब्याख्या अनुसार राजनैतिक बाहेक सबै अधिकार हुनेगरी ब्यबस्था गर्न काम गर्ने। 

  • हाम्रो योजनामा वर्तमान समयमा नेपालको संबिधान, ऐन र कार्यविधिले प्राप्त हुने गैर आवासीय नेपाली नागरिकतालाइ संबिधानको ब्यबस्था अनुसार पूरा हुने गर्न अड्चन आएको छ। तेस्ता अन्य र सबै ऐन, कानुन र कार्यविधिहरुको परिमाजन गर्न योजना बनाएर लवी गर्ने।
  • अहिलेको नागरिकता तीन पुस्ता पछि समाप्त हुन्छ। करिब दोश्रो पुस्ता देखि त लिन नै नसक्ने अवस्थाको बिधि छ। त्यसलाई गैर आवासीय वंसज र गैर आवासीय अंगिकृत गरि दुइ भागमा लैजानुपर्छ। वंसज निरन्तर हुन्छ। अंगिकृतबाट वंसज हुने बिधि पनि उल्लेख गर्नुपर्छ।
  • गैर आवासीय नेपाली नागरिकता लिएपछि नेपाली नागरिकमा फर्कने व्यवस्था छैन। जुन कुरा गैर आवासीय नेपाली नागरिकता नलिंदाको अवस्थामा छ। अब यसमा पनि त्यागेपछि पूर्ण रुपले नेपाली नागरिकमा फर्कने व्यवस्था समेत हुनुपर्छ। 
  • नेपाल सरकारले दिएको एनआरएन परिचय पत्रलाइ नेपालको वर्कपरमिट र स्थायी वासिन्दामा बदलेर नेपाली मुलका बिदेशी र नेपालमा काम गर्ने बिश्वका अन्य बिदेशीलाइ पनि हुनेगरी ब्यबस्था गर्न योजना गरेर लवी गर्ने। यसले भारत सहित सबै देश समेट्नुपर्छ। यसबाट कर र काम लगायत धेरै फाइदा हुन्छ। 
  • गैरआवासीय नेपाली संघ गैरआवासीय नेपालीको लागि मात्र हुनुपर्छ। यसको अर्थ नेपाली मुलका बिदेशी, विदेशको आवासीय ब्यक्ति या अर्को देशको नागरिकता लिन योग्य भएको व्यक्ति मात्र हुनुपर्छ। २ बर्ष भन्दा लामो समय विदेश बस्ने तर आवासीय नभएकाहरुको लागि फरक ब्याख्या गर्नुपर्छ। 
  • संघको सदस्यता, महाधिवेशन, निर्वाचन लगायतका कुरामा ब्यापक फेरबादल गर्नुपर्छ। अनलाइन गर्नु हुँदैन। यसले इमोशन र अधिकार दुवैको घाटागर्छ। 
  • प्रत्येक बर्ष ५/१० हजार हरेक २ बर्षमा २० औं हजार एनआरएनहरु नेपालमा आएर माहाधिवेशन गर्ने गर्नुपर्छ। यसमा नेपालको अर्थतन्त्र, लगानी, स्टक, नेपाल संबन्धमा सन्ततीको निरन्तरता लगायत धेरै कुरा जोडिएका हुन्छन।
  • नेपाली मुलका भुटानी जो नेपालको रिफ्यूजी हुँदै तेश्रो मुलुक गएर त्यो देशको नागरिक भएका छन् भने उनीहरु र उनीहरुका वंसज सन्तान पनि गैर आवसीय नेपालीमा अटाइनु पर्छ। तात्विक रुपमा उनीहरु र वंसज गैर आवासीय नेपालीमा फरक छैन, कानुनी ब्यबस्था फेर्न लवी गर्नुपर्छ।
  • संघलाइ निर्वाचनमुखीबाट एजेन्डामुखी बनाउनुपर्छ।
  • नेपालको राजनैतिक दलको हावीबाट टाडा राख्नुपर्छ तर वर्तमान समयमा जननिर्वाचितहरुसँग काम गर्नुपर्छ।  

२.  नेपालमा लगानी र पैत्रिक सम्पतिको सुरक्षा अनि रिपार्टेशनका कुरामा दिर्घकालिन रुपमा योजना गरेर काम गर्नुपर्छ।

  • अहिलेको ब्यबस्थामा धेरै कानुन् र ऐन, कार्यविधि लगायत छन्। तर ति सबैले एनआरएनहरुको लगानी सुरक्षा, पैत्रिक संपतिको सुरक्षा, रिपार्टेशन लगातका कुरामा अड्चन पनि गरेका छन्। गतिलो ब्यबस्था छैन या भएका पर्याप्त छैनन। 
  • ठुला, मझौला र साना लगानी, व्यक्तिगत लगानी, आफन्त र परिवारसंग गर्ने साझेदारीका लगानी संबन्धि नयाँ र परिमार्जित कानुन बनाउन पहल गर्नुपर्छ।
  • लगानी, कर्पोरेट र दर्ता जस्ता कुरामा वानविण्डो गर्न पहल गर्नुपर्छ।
  • नेपाली राष्ट्रियताको प्रबर्धन र नागरिक हितका क्षेत्रमा गरिने लगानी, ब्यबसाय, पारबहन लगायत कुरामा करको दायरा कम गर्न पहल गर्नुपर्छ।
  • बिश्वोका कुन-कुन देशमा दोहोरो करको लागि पहल गर्ने भनेर लिष्ट बनाएर पहल गर्ने र कुन-कुन देशमा ब्यबसायिक पारबहनका कुरा गर्ने भनेर लागि पर्नुपर्छ।
  • पैत्रिक संपतिको सुरक्षामा स्थानिय निकायको लागि बनाएको एउटा लगानी गरेको या संपत्ति भएको एनआरएनको मृत्यू भएमा भनेर बनाएको कानुनले असुरक्षा बढाएको छ। यसलाई संबिधान अनुसार सुरक्षित बनाउन पहलगर्नुपर्छ।
  • रिपार्टेशन संबंधि फरक ऐन-कानुन बनाउन पहल गर्नुपर्छ।

३. मुख्यगरी एशियाका केहि देश र मध्येपूर्व, अफ्रिका लगायतका क्षेत्रमा श्रमिक संबन्धि आएका समस्याका बारे योजना बनाएर काम गर्ने 

  • श्रमका लागि जाने देश र क्षेत्रमा जानुपूर्व सामान्य सूचना, के गर्ने के नगर्ने जस्ता कुराको ओरिन्टेशन/अभिमुख्करण दिने, सूचनाको ब्यबस्था गर्ने काम गर्नुपर्छ।
  • श्रमको लागि जाने र समय सकेर विदेशबाट फर्कने श्रमिकको लागि भएका संझौता र बिचमा नेपाली देखि अन्य दलालले गरेका बिकृतिले ल्याएको श्रमिकको घाटा र अड्चनको लागि फरक योजना बनाएर काम गर्ने। 
  • भैपरी आउने समस्याको लागि नयाँ ब्यबस्था गर्ने
  • कुन कुन देशमा कुन कुन तह र कस्तो मानव श्रोतको आवश्यकता हो त्यो अनुसार अध्ययन प्रतिवेदन बनाएर नेपालका शैक्षिक संस्थाहरुलाइ तेस्ता खालका गुणस्तरीय मानव श्रोतको बिकास गर्न पहल गर्नुपर्छ। 

४. विदेशमा बस्ने नेपालीहरुले नेपालको निर्वाचनमा मताधिकार गर्न पाउने ब्यबस्थाको लागि पहल 

  • नेपालको सरकारी तहबाट मतदान संबन्धि संभावनाको अध्ययन भएका छन् त्यसलाई कार्यान्वयन गर्न पहल गर्नुपर्छ।
  • अध्यावधिक कानुनले मतदान अधिकृतको अगाडी हस्ताक्षर गरेर, नाम दर्ता गर्ने, मतपत्र लिने जस्ता कुरालाइ संसोधन गरेर जान, छिटो भन्दा छिटो मताधिकारको ब्यबस्था गर्न  पहल गर्नुपर्छ।
  • भारत सहित विदेशमा नेपालको एक तिहाइ जनसंख्या छ। त्यसलाइ मध्ये नगर गर्दै यस संबन्धि फरक रुपले अझै धेरै काम गर्न पहल गर्नुपर्छ।