नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको United Nepali Diaspora Organization/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन ((UNDO/यूएनडीओ) को डिसेम्बर ३०, २०२४ का दिन अध्यक्ष सोनाम लाममाको अध्यक्षतामा पहिलो बैठक बसेर विभिन्न निणर्यहरु गरेको छ।
बैठकले सँस्थाको बिधान अनुसार सँस्थाका लागि योग्य, प्रतिबद्ध र प्रेरणादायी ६ जना व्यक्तित्वहरूलाई केन्द्रिय कार्यकारी सदस्यका रूपमा मनोनित गरेको छ।
मनोनितहरु यस प्रकार हुनुहुन्छ:
महिलातर्फ
- Indira Roka – Australia
- Sambriddi Gurung – UK
- Sundari Lama – Spain
पुरुषतर्फ
- Ershad Ahmed – Australia
- Krishna Sanjel KC – USA
- Shamim Anwar – Australia
यसका साथै बैठकले आगामी योजना, सँस्था बिस्तार, श्रोत परिचालन र विकास, सँस्थाका आन्तरिक लगायत थुप्रै एजेण्डाहरुमा छलफल र निर्णय गरेको कुरा महासचिव कुशल केसीले जानकारी दिनु भएको छ।