राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तथा सांसद डा. तोसिमा कार्कीले नेपालमा युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको बेरोजगारी रहेको बताएकी छन्।
शनिबार युवा स्पिक फोरम कार्यक्रममा बोल्दै उनले देशका युवाहरुले सबैभन्दा धेरै बेरोजगारीको सामाना गर्नु परेको अवस्था रहको बताएकी हुन्। उनले भनिन, अहिले नेपालमा युवाहरुको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो। विदेश जानु भएका युवाहरु सबै रोजगारीकै लागि गएको देखिन्छ।
नेपालमा रोजगारीका सम्भावनाहरु धेरै छन् तर त्यसको ब्यबस्थापन सरकरीबाट हुन सकिरहेको छैन। सरकारले युवाहरुको लागि रोजगारी सिर्जना गर्न आवश्यक छ। रोजगारीकै कारण लाखौं संख्यामा युवाहरु विदेशिनु परेको छ। यस्तै हो भने नेपालको जनसंख्या पनि घट्दो क्रममा जानेछ।