रास्वपा सभापति लामिछाने धरौटीमा रिहा, न्यायालयप्रति सम्मान गर्छु

अक्टुवर १८, २०२४ मा एमाले-कांग्रेसको सरकारले राजनैतिक सुनियोजित रुपमा पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको आरोपमा गिरफ्तार गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जनवरी ९, २०२५ बिहिबारका दिन ८४ दिन पछि धरौटीमा रिहा आदेश पाएका छन्। 

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो। यसबिच रवि बिरुद्ध सबैभन्दा धेरै प्रमाण छ रवि जेल जानुपर्छ भनेर उन्मत्त भएका एमालेका सुर्य थापा र कांग्रेसका गगन थापाले भनेका प्रमाण प्रहरीले किर्ते भएको ठहरेको गरको छ। 

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङगरी छ जनाले धरौटी रकम बुझाएर रिहा भएका छन्।

यसैबीच रास्वपाका सभापति रवि लामिछानेले न्यायालयप्रति आफ्नो सम्मान रहेको प्रतिक्रिया दिएका छन्। यससंगै आफूलाई यो बिचमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। प्रहरीले सभापति लामिछानेलाइ उनकी पत्नी निकिता पौडेललाइ जिम्मा लगाएको छ। तर काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने शर्त भने प्रहरीले लगाएको छ।

Leave a Reply