एनआरएनए उच्चस्तरीय समितिको बैठक मन्त्रालयका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन गर्नको लागि सर्वोच्च अदालतको फैसलाबाट बनाइएको उच्चस्तरीय समितिको तेस्रो बैठक जनवरी ५, २०२५ आइतबार सम्पन्न भएको छ। 

पूर्वअध्यक्ष तथा समितिका संयोजक डा. शेष घलेको अध्यक्षतामा सम्पन्न बैठकमा सर्वोच्चको फैसला अनुसार परराष्ट्र र कानुन मन्त्रालयका प्रतिनिधिको समेत बैठकमा सहभागिता रहेको बताइएको छ।

कानुन मन्त्रालयको पत्राचारका आधारमा सरकारी प्रतिनिधिको पहिलो पटक बैठकमा सहभागिता रहेको हो। यस अघि पहिलो र दोश्रो बैठक पत्राचार नहुँदा सरकारी प्रतिनिधित्व हुन सकेको थिएन। अब सरकारी प्रतिनिधित्व पनि भएसँगै उच्चस्तरीय समितिले आफ्नो कामलाई तीव्रता दिन लागेको छ।

बैठकले दुइ नयाँ कर्मचारी थप गर्ने र आगामी आइतबारसम्म टिओआर तयार पर्ने निर्णय गरेको छ। त्यस बाहेक केहि थप निर्णय गरेको तर निर्णयको प्रति सार्वजनिक भएको छैन। यस पहिलाको दोश्रो बैठकले नै संघको १० औं महाधिवेशन मे ३–५, २०२५ (२०८२ बैशाख २०, २१, २२) मा काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको थियो।

Leave a Reply