न्यूयोर्क, २०२४/नेपाली अमेरिकन कलाकार सँघ (NAAA) द्वारा आयोजित वार्षिक सांस्कृतिक कार्यक्रम रमझम साँझ २०२४ गुल्सन टेरेश हलमा सम्पन्न भएको छ। सपनाश्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले नेपाली कला र संस्कृतिको प्रस्तुति गर्दै न्यू योर्कका नेपाली समुदायलाई मनोरंजन दिएको विश्वास आयोजकहरुको रहेको छ।
चर्चित गायक राजेश पायल राईको विशेष प्रस्तुति, प्रेम सेन्चुरीको हे जननी अब बुद्ध जन्माईदेऊ र दिनेश सुनारको पार्कर प्रस्तुति, युनाइटेड किराँत राई अर्गनाइजेशनको परम्परागत नृत्य, मगर संघ न्यूयोर्क च्याप्टरको सांस्कृतिक प्रस्तुतिले दर्शकहरूको मनमोहक बन्यो।
त्यसैगरी शंकर बिसी र पार्वती राई, शिव विक र ऊषा, सृजना बिरही थापा, रश्मी तामाङले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा लाईभटाइम सम्मान समारोहमा अभय ढुंगेल र संगीता मुखियालाई नेपाली संगीत र समाजसेवामा गरेको योगदानको कदर गर्दै सम्मानपत्र, प्रशंसा चिन्ह र नगद पुरस्कार प्रदान गरियो।