सभापति डा. कोइराला राष्ट्रपति देउबाको संझौता

कृष्ण के सी, अमेरिका, डिसेम्बर २९, २०२४ 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइरालाले झन्डै-झन्डै विजय हासिल गरेका थिए। तर दोश्रो चरणमा सभापति शेरबहादुर देउबाले गिभ एण्ड टेक सेटमा जित हासिल गरे। त्यसै अनुरुप उनले सबैलाई केहि न केहि स्थान टिएर सेटल गरेका छन्। त्यसैले उनको यो कार्यकाल सहज रुपमा गयो। 

तर बिडम्बना नै मान्नुपर्छ नेपाली कांग्रेसको इतिहासमा हरेक खुड्किलो पार गर्न फरक फरक भर्याङ्ग चड्ने अनि त्यो भर्यांङ्ग हुत्त फाल्ने इतिहास महामन्त्री गगन थापाको छ। नेविसंघमा हुँदा गुरु घिमिरे, बिश्वप्रकास शर्मा र यादब पण्डितको सपोर्टमा नेतृत्वमा पुगे अनि उनीहरुलाइ गोदेर गए। संसदमा रामचन्द्र पौडेलको गोडा मलेर पहिलो पटक समानुपातिक सिट लिए अनि लुसुक्क कृष्ण सिटौला तिर पुगे। त्यहाँबाट शेरबहादुर देउबाको पाउ मले, फल नझर्ने देखेर फेरी डा. शेखर कोइरालाको हात मल्न पुगे। जसै महामन्त्री बने डा. कोइरालालाइ गोदेर एमालेको सपोर्टमा उचालिएका छन्। यो  छचल्काइ आधा गाग्राको हो। थापा अब कांग्रेसको १५ औं महाधिवेशनबाट जिरो हुने पक्का भएका छन्। 

पछिल्लो १६/१७ बर्षमा चार पटक सांसद जितेका उनि अब भने संसद जित्ने हालतमा छैनन। स्थानीय चुनावमा पार्टीकै उम्मेदवारलाइ मत खाली गर्न लगाएर नुवाकोटको दुप्चेश्वर, काठमाण्डौको टोखा लगातमा कांग्रेस हराएर अनि एमाले जिताए। चितवनको चुनाव प्रचार गर्न हेली मागेका उनले उमेश श्रेष्ठले दुइ-दुइ पटक हेली बुकिङ्ग गर्दा पनि गएनन र खर्च मात्र बर्बाद गरिदिए। गैरआवासीय नेपाली संघमा एमालेका टोलीसँग मिलेर कांग्रेस समर्थकलाइ गोद्नुसम्म गोदाए। कान्तिपुरका कैलाश सिरोहिया, उपेन्द्र महतो, जिबा लामिछाने इत्यादिसंग मिलेर हुण्डी गरेर भ्रष्टाचार गरेको पैसा जर्मनीमा घोष्ट लगानी गरेका छन्। नेपाली सूचना बेचेको कुरा त पार्टीले नै बाहिर ल्याएको छ।   

पार्टीले सदस्यताको समस्या समाधान गर्न जिम्मेवारी दियो त्यो अहिले सम्म गरेका छैनन। तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एकल व्यक्ति दुर्गा प्रसाई लगात माथि सिंगो पार्टी लगाएर कांग्रेसलाइ बर्बाद र बद्नाम गराए। यस्ता लिस्ट बनाउने हो भने गगन थापा भन्दा निच र बेइमानी कुनै अन्य कांग्रेसी नेता छैन होला। ठाडो भाषामा भन्नुपर्दा यिनी कांग्रेसका भष्माशुर हुन्। 

करिब ६ महिना जति पहिला सभापति शेरबहादुर देउबा र नेता डा. शेखर कोइरालाबीच एउटा संझौता भएको छ। १५ औं महाधिवेशनमा पार्टी सभापति डा. शेखर कोइराला, राष्ट्रपति शेरबहादुर देउबा अनि डा. आरजु देउबालाई पार्टी उपसभापति हुँदै प्रधानमन्त्रीको लाइनमा राख्ने। कसैलाई पत्यार लागे या नलागे पनि कुरा चाहिं यहि सत्य हो। 

बिमलेन्द्र निधिले गत महाधिवेशनमा बेइमानी नगरेका भए यो पटक उनि देउबाका उत्तराधिकारी हुने थिए त्यो भएन। बाहिर जे सुकै प्रचार गरिएता पनि गगन थापा देउबाको नजिक देखाएको प्रचार गरियो तर १५ औं महाधिवेशनको रडाको भनेको डा. शेखर कोइराला र गगन थापाकै हो। 

डा. कोइरालानै देउबा प्यानलका उम्मेदवार हुन् भने एउटा महामन्त्री प्रदिप पौडेल हुन् अनि अर्का महामन्त्री उदय शमशेर राणा हुन्। तर पनि एकाथरीको फेसबुक प्रचार भने फरक रुपमा आएको छ। थापाले ठुलो अलायन्स बनाउन नसकोस भनेर सभापति देउबाले मौन बसिदिएका छन्। 

यो समय नेपाली राजनीतिमा सबैभन्दा निन्दित, घृणित र अपमानित व्यक्ति भनेका एमाले अध्यक्ष खड्गप्रसाद ओली र कांगेस महामन्त्री गगन थापा नै हुन्। संयोग नै मान्नुपर्छ यी दुवै खुबै मिल्छन। दुवैको अन्तर पार्टी इतिहास पनि समान खाले छ।