ब्यङ्ग्य कविता :फेल भिसा

-अर्जुन राज पन्त, बाग्लुङ मुलपानी, डिसेम्बर १७, २०२४

केटारि हेर्न जहाँ नि ला ‘ छन्
प्रबाशकाले मात्र भनाइ खा ‘ छन्!

माया गर्नेले जँहा नि गर्छ
ठाँउले के नै फरक पर्छ?

सन्तति भेट्न बिदेश जाँदा
कोशेलीपात साथमा लाँदा

तेल भिसा भन्दै हेपाइ खा ‘ छन्
बिबश मान्छे उपहास भा ‘ छन्

रहर नि होला नि सन्तती देख्न
आफनै काखमा राखि सेक्न

गए रे लौ सेवै दिन
तिम्रो टाउको दुखाइ किन?

तेल भिसा भन्लान नडराउनु आउन
पर्दैन कसैलाई यहाँ तेल लाउन

लाउनै परे बरु तेल
लगाइ दिन्छन् बसुन्जेल

समुन्द्री तटको घाममा बस्नि
तेल हैन लोसन घस्नि

डाक्टरले तेल नलाई भन्छ
तेल भिसा भन्ने खिस्सा बन्छ!

तेल भिसा भन्दै फिल्म नि बने
तिम्लाई कस्तो होला भने

फिल्म क्षेत्रका कर्तुत नि देख
त्यसमा पनि फिल्म लेख

फिल्म देखाउन भिसा माग्यो
छिर्यो बिदेश उतै भाग्यो

त्यस्ता भिसालाई के चाँहि भन्नि
बेचेउ कति कसले गन्नि?

भिसै माग्ने नियती हाम्रो
अर्काको तेल आफ्नो राम्रो

सँगै बसेर पुगे खान
रहर थियो र विदेश जान?

जान नसके तलाउ धमिलो
खान नसके अङ्गुर अमिलो!

आफ्नो भिसा भए पछि फेल
अर्काको भिसालाई भन्दिनि तेल!

Leave a Reply