-सांकेतिक तस्विर

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु ,तीन घाइते

Hollywood Khabar May 18,2019 Comments

५ जेठ, कैलाली।बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छभने तीन जना घाइते भएका छन्।बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार म १ ख ४९२१ नम्बरको जीप दुर्घटना हुँदा दशरथचन्द नगरपालिका १० का हिरा बल्लभ भट्ट ,नरुली भट्ट र पहिचान नखुलेका अर्का एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नेत्रमणि गिरीले जानकारी दिए ।