युवासंघ उपाध्यक्ष गुरुङ षडयन्त्रपूर्वक कारबाहीमा

Hollywood Khabar April 06,2017 Comments

नेपाल कम्यूनिष्ट पार्टी एमालेको भातृसंस्था युवा संघ नेपालमा बिगत ४/५ वर्ष देखि नै आन्तरिक विवादले गर्दा कहिले संघ-दुइटा बन्ने कहिले मिलेको नाटक बन्ने क्रम जारी छ।

यसै सिलसिलामा संघका उपाध्यक्ष राजु गुरुङलाई एमाले रुपन्देही जिल्ला कमिटीले कारबाही गरेको छ। उनलाई कारवाही गरेको कारण भने बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनकामा गुरुङले अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै कारवाही गरेको भनिएको छ। 

तर खास कुरा भने आसन्न निर्वाचनमा उनको नगरपालिकामा हुन सक्ने उम्मेद्धारीलाइ आशंका गरि लविबाट तेजोबाद गर्न कारवाही गरिएको कुरा सम्बद्ध पक्षले बताएको छ। गुरुङको कारवाहीको बिरोधमा वरिष्ठ नेता माधवकुमार नेपाल समुह निकट मानिने उपाध्यक्ष दिलु पन्त समुहले विज्ञप्ति नै निकालेर गुरुङमाथि भएको कारबाहीलाई षडयन्त्रपूर्वक भनेको छ।