-सुरेश दर्पण पोखरेल

यूथ कांग्रेस नेपाल अमेरिकाको संयोजकमा सुरेश दर्पण पोखरेल

Hollywood Khabar September 21,2020 Comments

यूथ कांग्रेस नेपाल अमेरिकाको संयोजकमा सञ्चारकर्मी एवं चलचित्र निर्देशक सुरेशदर्पण पोखरेललाई नियुक्त भएका छन।

यूथकांग्रेस नेपालका केन्द्रीय संयोजक सचिन तिमिल्सिनाद्वारा जारी प्रेस विज्ञप्तिमा हाल अमेरिकाको मेरिल्यान्ड राज्यमा बसोबास गरिरहेका पोखरेललाई अमेरिकाको संयोजकको रुपमा नियुक्त गरिएको जानकारी गराइएको हो। सो खबर पछि फोनकलमा संयोजक पोख्रेलले हलिउडखबरलाइ अभियानबारे छोटो रुपमा जानकारी गराए।

पोखरेलका अनुसार, यो छुट्टै राजनैतिक पार्टी होइन, यो तर एक अभियान हो। यसमा देशभक्त तथा लोकतन्त्रवादी युवाहरु संगठित भइ लोकतन्त्रलाई सुध्रिढ बनाउन, सामाजिक न्याय सहितको समुन्नत समाज निर्माणगर्न, नागरिक स्वतन्त्रता, राजनैतिक स्वतन्त्रता, सामाजिक स्वतन्त्रता र आर्थिक स्वतन्त्रताको पक्ष्यमा उभिन, लोकतन्त्रको मुलभूतसिद्दान्त, विधिको शासन तथा सुशाशनको वकालत गर्न, राष्ट्रियता, प्रगतिशीलता, स्वतन्त्रता तथा संबिधान द्वारा प्रदत्त हकलाईप्रबर्र्धन गर्ने उदेश्यका साथ युथ कांग्रेस नेपाल स्थापना भएको हो।

नवनियुक्त संयोजक पोखरेलले युथ कांग्रेस नेपाल कुनै पनि राजनैतिक पार्टीको हस्तक्षेपबाट बाहिर रहने र कुनै पनि राजनैतिकदलसंग आवद्ध नहुने तर यसका मुल सिद्धान्तहरु नेपाली कांग्रेस पार्टीको बिचारधरासंग समान रहने जानकारी गराए। साथै १८ वर्षदेखि ४० वर्ष उमेर समूह भित्रका प्रजातान्त्रिक आईडोलोजीमा विश्वास राख्ने जो कोही, अमेरिकामा बसोबास गरिरहेका नेपाली भाषीले यसको सदस्यता लिन सक्ने पनि पोखरेलले बताएका छन्।

अमेरिकामा प्रजातान्त्रिक मान्यता अंगीकार गरी कार्य गरिरहेका नेपाली तथा अमेरिकी संघसंस्थाहरुसँगको संयोजन र सहकार्यबाट नेपालमा राजनीतिक आर्थिक र समुन्नत विकासका निम्ति यूथ कांग्रेस नेपाल, अमेरिकाले कार्य गर्ने बताइएको छ।