इशान 

यौनबाद र मिष्ठाङ्गका कुरा-इशान

Hollywood Khabar April 09,2017 Comments

खै के हो यो यौनबादी कुरा पनि अचम्मको छ
धन्य सिग्मन्ड फ़्रायड
उन्ले त केबल वास्तविकता हो भनेर थालनी मात्र गरे
तर ऐले त ?
तर ऐले त बिपिका तीनले धान्दैन
हजार घुम्ती चाइने भयो प्रभू !
ब्रिद्धानहरु सन्तान देखी लुकेर हेर्छन
सन्तानहरु अबिभावक देखी लुकेर हेर्छन
तर सबैले हेर्छन!
हाकीमका टेबल सफा गर्नेले धेरै पाउछन यौनबादी कुरा
सुटुक्क लैजान्छन घरमा अनि हेर्छन लुकि लुकी
कस्तो अचम्म ?
न हाकिमले सोध्न मिल्ने न चोर्नेले भन्न मिल्ने
दुबै चुप !
सेना र प्रहरीको बिस्तारा मुनी लुकेका हुन्छन यौनका कुरा
हस्तरेखा पढ्ने र झारफुक गर्ने दिमागमा पनि किन छुप्थे र
स्वास्थ्यकर्मी तिनौ पटक हेर्छन गर्बबती र के के जांच्ने निउंमा !
खेलाडी भन्दा तिनका कुरा हेर्न झुम्मिन्छन दर्शक
कसिलो शरीर होस या टेनिश र बिच भलिबलका कुरा हुन
कथाले मागेको भन्दै के के देखाउछन कथाकार र निर्देशक
तेसै गर्छन नायक र नायिका, गायक र गायिका पनि 
बाँकीलाई लुकी लुकी मज्जा !
सामाजिक संजालमा पनि उही कुरा
संचारका मध्यममा  साट्छन मिस्ठाङका तस्बिर प्रत्यक्ष प्रसारण
अन्तर्वातामा पनि निउरेर होस् या निहुराएर होस्
हेराइन्छ मिस्ठाङ अनि यौनबादी कुरा !
पत्रीका र बिज्ञापनक के कुरा
पार्टी, जमघट र मनोरंजन त के प्रभु
सबै कुरा कम मिस्ठाङ धेरै
तेसैले कुनै जवानमा कसैले भने रे
जताततै डली नै डली खै मेरो वाइवाइ?
हाम्रो बैधिक बिहे पनि कम्तिको छ?
शरीरका हरेक अङ भन्दै छुन लगाइन्छ
बाजेले सिकाउँछन् गोप्याङ्गका कुरा!
हुन्न हुन्न भन्दै कि त चोरी चोरी कि हाका हाकी
फेरी पनि उही कुरा जती गरे पनि नसकिने
न सुरु न अन्त-केबल अनन्त
यौनबाद र मिष्ठाङका कुरा ----!

जदौ !

जदौ !