११ चैत्र पोखरा।यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने पास्टरलाई प्रहरीले पक्राउ गरेको छ।पोखरामा प्रशस्त कटनी मण्डली सञ्चालन गरिआएका पास्टर केशवराज आचार्यलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
भ्रम फैलाउने आचार्य जुम्ला स्थायी घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका छन्।आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए।अहिले कोरोनाको संन्त्रासमा आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए।आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन्।
आचार्यले क्रिश्चियन धर्म माने कोरोना भाइरसले नछुने भ्रम फैलाउने काम गरेकाले पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।उनलाई धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ।आचार्यले भिडियो बनाउँदै प्रभू यशुका अनुयायीलाई कोरोना नलाग्ने दाबी गर्ने गरेका थिए।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...