यदुप्रसाद भट्टक

NRNA: यदुप्रसाद भट्टको निधनप्रति गहिरो समवेदना

Hollywood Khabar November 28,2018 Comments

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टज्यूका पुज्यनीय पिता यदुप्रसाद भट्टको टोक्यो जापानमा भएको निधनप्रति गैरआवासीय नेपाली संघ गहिरो शोक प्रकट गर्दछ।

वि.सं २००१ मा गोरखाको भीमसेन गाउँपालिका कुबिन्डेमा जन्मनु भएका भट्ट हाल समाज सेवामा सक्रिय हुनुहुन्थ्यो। पहिले राजनीतिमा संलग्न भट्ट वि.सं. २०३९ सालमा वाणिज्य सहायक मन्त्री हुनु भएको थियो। श्री भट्टको निधनबाट मुलुकले एक कुशल राजनीतिज्ञ र ख्यातिप्राप्त समाजसेवी गुमाएको छ। उहाँका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ।

यस दुखद घडीमा गैरआवासीय नेपाली संघ र संघका सदस्यहरु स्वर्गीय भट्टको आत्माको चीरशान्तिको कामना गर्दै उहाँप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दछौं। यसैगरी संघका अध्यक्ष भट्ट र उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै यस शोकको घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री परमेश्वरसंग प्रार्थना गर्दछौं।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद