यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण

0
shares

by Soni Sharma | Updated: 15 Aug 2019

211 views
तस्बिर साभार वेब

३० साउन काठमाण्डौं।रुसी यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ।यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको जहाजमा एकैछिनमा चरा ठोकिएपछि असन्तुलित बनेको थियो।

जहाजमा रहेका यात्रुमध्ये २३ जना घाइते भएका बताइएको छ।मकै बारीमा बलपूर्वक अवतरण गरिएको जहाज केही परसम्म धसारिएको अधिकारीहरुले जानकारी दिएका छन्।सो विमान मस्को शहरको झुकोप्स्की विमास्थलबाट बिहीबार बिहान उडेको थियो।क्राइमियाका लागि उडेको सो विमान विमानस्थलबाट एक किलोमीटर मात्र पर पुगेका बेला यसमा चरा ठोकिएको थियो।श्रोत विभिन्न न्यूज एजेन्सी