तस्बिर वेब

यातायात व्यवस्था विभागलाई कार्बाही सिफारिस!

Hollywood Khabar February 14,2019 Comments

४ फागुन काठमाण्डौं।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागलाई कारबाहीका लागि सिफारिस गरिएको छ।सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)मा नेपाली भाषा पनि राख्नु पर्नेमा त्यसो नगरेकाले विभागलाई कारबाहीको सिफारिस गरिएको हो।

स्मार्ट लाइसेन्स अंग्रेजी भाषामा मात्रै छपाइ हुँदैछ।यातायात व्यवस्था विभागले भाषा आयोगले नेपाली भाषाको प्रयोग गरेर लाइसेन्स छाप्न गरेको अनुरोधलाई बेवास्ता गरेकाले कारबाहीका लागि सिफारिस गरिएको आयोगका प्रवक्ता गणेश भट्टराईले जानकारी दिए ।