-Prem Lama

यसरी चम्किएला त मेरो देश नेपालको नाम ?

Hollywood Khabar March 14,2019 Comments

कविता
 

बैँकमा गए लाम
असपताल गए लाम
घण्टाैँ कुरेरै
गर्नै पर्ने काम

भोज खाना गए लाम
भोट हाल्न गए लाम
प्रथा नै यस्तो बस्यो
कसलाई भन्न जाम ?

सामान किन्न गए लाम
मालपोतमा गए लाम
काम छिटो गरुँ भन्दा
खोज्ने बन्दी खाम

सडक हिँड्न लाम
पेट्रोल हाल्न लाम
लामको विरोध गर्दा
आफै हुने बदनाम
जागिर खान लाम

बिदेश जान लाम
सोर्सफोर्स नलाए
नबन्ने यहाँ कुनै काम

पानी थाप्न लाम
बिल तिर्न लाम
कर्मचारीलाई पिरलो
कहिले जाला घाम

मन्दिरमा दर्शनको लाम
श्रद्धाञ्जली दिन लाम
लाम नलागी काम बन्ने
बाँकी कुन छ र ठाम ?

अनुशासित भइएला बस्दा लाम
काममा सहजता होला बस्दा लाम
लाम मै व्यर्थ समय खेर फाल्दा
चम्किएला त मेरो देश नेपालको नाम?

अरुले संसार जित्छन् हामी बस्दा लाम
त्यसैले खोजाैँ अब बिकल्पको लाम
हामीले पनि बुझ्न ढिला नगर्ने की अब
प्रविधि प्रयोगले घरमै बसेर हुन्छ काम
-प्रेम लामा