सोनी शर्मा

यस बर्षको लुतो तिमिलाइ आओस

Hollywood Khabar July 15,2018 Comments

आफू लाखौंको गाडीमा 
सिसा लक गरि हुइकिदै 
पैदलयात्रीलाई हिलोले निथ्रुक्कै पार्ने 
यस बर्षको लुतो तिमिलाई आओस् । 

आफू आलिसान महलमा बस्दै 
लिफ्टमा ओहोर दोहोरो गर्दै 
सडकभरी फोहोर फाल्नेहरु 
यस बर्षको लुतो तिमिलाई आओस् । 

देशलाई डुबाउदै आफ्नै भुडी भर्ने 
जनतालाई धरधरी रुवाउनेहरु
 देश बैना दिएर रक्सीको गिलास जुधाउनेहरु 
यस बर्षको लुतो तिमिलाई आओस्। 

सिटामोल नपाएर जनता मर्दै गर्दा 
पखालाको उपचार गर्न राज्यको ढुकुटी सिद्द्याउदै
 बिदेशी अस्पताल धाउनेहरु 
यस बर्षको लुतो तिमिलाई आओस्। 

नातिनी देखी हजुरआमा सम्मलाई 
बलात्कार गरि पुरुस्वार्थ देखाउने 
नारीलाई गिद्दे नजर ताक्दै हिड्नेहरु 
यस बर्षको लुतो तिमिलाई आओस्। 
    
-सम्पुर्णमा साउने सक्रान्तीको सुभकामना।।