-तस्विर वेब

हिमाली जिल्ला मुस्ताङमा यार्तुङ पर्व शुरु 

Hollywood Khabar August 11,2019 Comments

२८ साउन,काठमाडौं ।हिमाली जिल्ला मुस्ताङमा बर्खायामको बिदाइका रुपमा मनाइने यार्तुङ  पर्व सोमबारदेखि  शुरु भएको छ।प्रत्येक वर्ष जनैपूर्णिमाका बेला मुक्ति क्षेत्रमा मुस्ताङका १९ गाउँक मानीस जम्मा भएर  शुभकामना आदान प्रदान गर्दै यार्तुङ पर्व मनाउने गर्दछन्।क्षेत्रमा लगाइने पुर्ख्यौली पोसाकमा सजिएका स्थानीयले   यार्तुङ मा तामाको भाँडामा चोखो रक्सी, लुलु गाईको शुद्ध घ्युमा मुछिएको चामल, घ्युबाटै बनाइएको परम्परागत प्रसाद सहित् ढ्यांग्रो ठोक्दै परम्परागत गीत गाउने गर्दछन्।

यार्तुङ पर्वको अवसरमा दौडेको घोंडाबाटै भुइँमा राखिएको पैसा, खादा टिप्ने कला रोचक हुने हुने हुँदा घोडा दौडका कला हेर्न विभिन्न ठाउँबाट स्वदेशी एवं पर्यटक आउने गरेका छन् ।तेस्तै  तारो हान्ने खेल खेल्ने र मिठो खाएर एकआपसमा शुभकामना साट्ने पर्वको रुपमा यार्तुङ रहेको छ ।वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सहयोग र पर्यटन बोर्ड पोखराको  प्रवर्द्धनमा  यस पटकको यार्तुङ आयोजना गरेको गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले बताए ।सोमबारदेखि सुरु भएको यार्तुङ महोत्सव ३० गतेसम्म चल्ने छ ।

महोत्सवको उदघाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुस्ताङ जिल्ला एक संग्रहालय भएको बताए ।मुख्यमन्त्री गुरुङले लोमान्थाङको अहिले पनि सांस्कृतिक राजा रहेको बताउँदै लोमान्थाङलाई युनेस्कोमा दर्ता गराउन पहल गर्ने आश्वासन दिएका छन्  ।मुक्तिनाथलाई डकुमेन्ट्रीका रुपमा भारत र चीनमा पुर्‍याउने, प्रचार प्रसार गर्ने र सन् २०२२ सम्म गण्डकी प्रदेशको जनसंख्या बराबर पर्यटक भित्राउने मुख्यमन्त्री गुरुङले बताए ।