दोश्रो नेपाल आदिवासी चलचित्र महोत्सब २०१८ सम्पन्न, यारी उत्कृष्टमा

Hollywood Khabar September 16,2018 Comments

नेपाल आदिबासी जनजाति  महासंघ, अमेरिका (फिप्ना)
प्रेस विज्ञप्ती

न्यूयोर्कमा नेपाल आदिबासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले यहीं सेप्टेम्बर १५ र १६ तारिख आयोजना गरेको दोश्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव-२०१८ मा ४२ वटा छनौटमा परेका चलचित्रहरू मध्येबाट किराती राई जातिको चलचित्र ‘यारी’ उत्कृष्ट चलचित्र (बेष्ट फिल्म) चुनिएको छ।

यारी चलचित्रको निर्देशन बीरबहादुर राईले गरेका हुन्। त्यसैगरी, महोत्सवबाट प्रदान गरिएको १० बिधाहरूमा बेष्ट एक्टर राजेश गुरुङले भेंडी गोठाले (गुरुङ) चलचित्रबाट, बेष्ट एक्ट्रेस भिन्तुना जोशीले स्वयनगु (नेवार) चलचित्रबाट, बेष्ट स्टोरी प्रिया तामांगले सेम्की तम (तामांग) चलचित्रबाट, बेष्ट फिल्म बाई पब्लिक चोईस् भेंडी गोठाले (गुरुङ) चलचित्र, बेष्ट डाईरेक्टर अरूण कुमार प्रधानले ओम्ला (याख्खा) चलचित्रबाट, बेष्ट कस्टुम स्वयमगु (नेवार) चलचित्र, बेष्ट सिनेमेटोग्राफ़र युवराज राईले यारी (राई) चलचित्रबाट, बेष्ट स्कृन प्ले अमृतमान महर्जनले स्वयनगु (नेवार) चलचित्रबाट र बेष्ट म्यूजिक रैंयाँ (मगर) चलचित्रले प्राप्त गर्न सफल भएका छन्।

त्यसैगरी, छनौटमा परेका ३ वटा लघु चलचित्रहरूबाट बेष्ट सर्ट फिल्म को पुरस्कार गिल श्याँदर (सुनुवार) ले प्राप्त गरेको छ भने २ वटा डकुमेण्ट्रीहरूबाट बेष्ट डकुमेण्ट्री संजोग लाफा मगरद्वारा निर्मित कमलपोखरी (नेवार सम्पदा) ले जित्न सफल भएको छ।

महोत्सवका लागि प्रवेश गरेका नेपालका ४२ आदिवासी चलचित्रहरु मध्ये चलचित्रहरु दुई दिने महोत्वसमा छनौट गरी प्रदर्शन गरिएको थियो। उक्तमहोत्सवमा ३ वटा लघु चलचित्र र २ वटा डकुमेन्ट्री (वृत्त चित्र) पनि प्रदर्शनगरिएको थियो। चलचित्रहरुको लागि बिभिन्न १० विधाको पुरस्कारहरुको व्यबस्था गरिएको थियो । महोत्सवबाट उत्कृस्ट हुने चलचित्रको नगद पुरस्कार एक लाख पचिस हजार रुपैयाँ नेपाल सरकारको चलचित्र बिकास बोर्डले प्रायोजन गरेको छ भने बेष्ट सर्ट फिल्म र बेष्ट डकुमेण्ट्रीको लागि कदरपत्र सहित जनही एकतीस हजार रूपैंयाँ नगद पुरस्कार प्रदान गरिएको छ।

महासंघले प्रारम्भिक रुपमा चलचित्र छनौटको लागि आदिवासी चलचित्रमहासंघ नेपाल केन्द्रिय समितिको अध्यक्ष अमृत सुनुवारको संयोजकत्वमा अनिल बुढा मगर, भूपेन्द्र गुरुङ, अरुण प्रधान र श्रीजना सुब्बा सदस्य रहेको पाँचसदस्यीय प्रारम्भिक छनौट समिति गठन गरेको थियो।

नेपालको प्रारम्भिक छनौट समितिमा विभिन्न समुदायबाट दर्ता भएको ४६ पूर्ण तथा लघु (छोटो) चलचित्र एवं डकुमेन्ट्री मध्ये २४ वटा छनौट भई अमेरिका आएको थियो। नेपालबाट चलचित्रहरु मध्ये एउटै समुदायको २ वा २ भन्दा बढी चलचित्र मध्येसम्बन्धित समुदायको संस्थाको चलचित्र सम्बन्धित व्यक्तिहरुको संलग्नतामा एक एक वटा छनौट गरि महोत्सवको लागि ९ वटा लामो चलचित्र, ३ वटा लघुचलचित्र र २ वटा डकुमेन्ट्री अन्तिम प्रदर्शनको लागि छनौट भएको थियो ।

महोत्सव तथा निफ्फ अवार्ड २०१८ को अन्तिम चरणको लागि छनौट भएको चलचित्रहरुको निस्पक्ष र बिबाद रहित रुपमा छनौट गर्नको लागि शैलेश श्रेष्ठको संयोजकत्वमा शम्भु मोक्तान, लिला राई, रोज लामा र छिरिङ्ग रिन्जिन गुरुङको पाँच सदस्यीय निर्णायक समिति गठन गरिएको थियो।

त्यसैगरी, महोत्सवमा सहभागी लघु चलचित्र र डकुमेन्ट्री छनौटको लागि संघिय परिषद, फिप्नाको सभामुख बिनोद पोमोको संयोजनमा निमा पाख्रिन र मच्छेदेबी गुरुङसम्मिलित तीन सदस्य निर्णायक समिति निर्माण गरिएको थियो ।

त्यसैगरी, अमेरिकामा क्रियाशील आदिवासी जनजातिहरुको साँस्कृतिक संस्थातथा महासंघको सदस्य संस्थाहरुलाई बृहत रुपमा सहभागी गराई प्रोत्साहन गर्नमहोत्सवको पहिलो दिन आदिवासी साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। यसको तयारीको लागि घ्याल्सुम्दो सेवा संस्थाको अध्यक्ष राप्केलामा संयोजक र केशबराम राई र गोमा योञ्जन सदस्य रहेको साँस्कृतिक समिति तयार गरिएको थियो ।

महोत्सवको पहिलो दिनको उद्घाटन प्रमुख अतिथि गैरआवासीय नेपाली संघ नर्थ अमेरिकाका क्षेत्रीय उप-संयोजक (एनआरएनए) नर्थअमेरिका क्षेत्रीय उपसंयोजक नबिन शेरचन र महासंघका अध्यक्ष मानबहादुर रानामगरले संयुक्त रुपमा पानसमा बत्ति बालेर गरेका थिए भने नेपाल चलचित्रविकास बोर्डको सदस्य सचिब महेन्द्रप्रसाद शांखी, नेपाली वाणिज्यदूत कृसुक्षेत्री र काउन्सिलम्यान कोस्टा कोस्टान्टिनीडेजले संयुक्त रुपमा महोत्सवको ब्यानर ओपन गरेर उद्घाटन गरिएको थियो । उद्घाटन सत्रमा नेपाली र अमेरिकी राष्ट्र गानका साथै नेपाली आदिवासी राष्ट्रीय गीत प्रस्तुत गरिएको थियो ।

उद्घाटन सत्रमा बोल्दै फिप्ना अध्यक्ष मानबहादुर राना मगरले जनजातिकोपहिचानको मुद्दालाई स्थापित र सस्थागत गर्न महोत्सवले महत्वपूर्ण भूमिकाखेल्ने उल्लेख गर्दै जनजातिको मौलिक भाषा, संस्कृति, संस्कार, रिति-रिवाज रधर्मलाई संरक्षण र सम्बर्दन गर्न यस्ता महोत्सवले सहयोग पुर्याउने बताउनु भयो ।