-सांकेतिक तस्विर

 आफ्नै छोरीलाई बलात्कार गर्ने उपसचिव पक्राउ

Hollywood Khabar June 10,2019 Comments

२८ जेठ, काठमाडौं।आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा नेपाल सरकारका उपसचिव पक्राउ परेका छन्।ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय उपसचिवले कक्षा १२ मा अध्ययनरत् १८ वर्षीया छोरीलाई पटकपटक  बलात्कार गर्ने गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ।पीडितको परिचय खुल्ने भएकाले आरोपितको नाम पनि प्रहरीले गोप्य राखेको छ ।

पक्राउ परेका उपसचिवविरुद्ध मुलुकी अपराध संहिताको जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ।उपसचिवले विदेशतिर बाबु–छोरीबीच शारीरिक सम्बन्ध हुने गरेको उदाहरण दिँदै शारीरिक सम्बन्धका लागि बाध्यपारेको आमालाई समेत जानकारी थियो । परिवारकै बेइज्जती हुने डरले श्रीमानलाई सचेत गराउँदै आएकी थिइन् । पटकपटक सम्झाउँदा पनि नसुध्रिएपछि बाध्य भएर जोहरी दिएको पीडितको भनाइ छ ।