Thor Visits Nepal as 169th Country

विश्व भ्रमण यात्री सी पेडरर्सन थोर नेपालमा

Hollywood Khabar January 28,2019 Comments

डेनमार्कका सी पेडरर्सन थोर Torbjørn C. Pedersen -Thor विश्वयात्राका क्रममा आज नेपाल आइपुग्नुभयो । उहाँको नेपाल १ सय ७९ औ भ्रमण मुलुक हो।

कुनैपनि उडान नगरी स्थल र जलमार्गको प्रयोगबाट विश्व भ्रमण सकी नयाँ इतिहास बनाउने क्रममा उहाँ नेपाल आउनुभएको हो। डेनिस रेडक्रसको सद्भावना दुतको रुपमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा कुराकानी गर्दै उहाँले भन्नुभयो- विश्वमा मानिस र मानवताको खास अर्थ फैलाउने मेरो उद्देश्य छ । विश्वको जुनसुकै कुनामा शुरक्षा, शिक्षा, आवास, भोजन लगायतको समस्या छ र आम रुपले मानिसहरुमा समानता मैले देखेको छु ।

नेपाल भ्रमणको क्रममा उहाँले विश्व सम्पदा सूचीमा रहेका दरबार क्षेत्रहरुको अवलोकन गर्नुका साथै नेपाल रेडक्रसले सञ्चालन गरेको हटलाईन –११३० कल सेन्टर तथा विपद् व्यवस्थापन आपत्कालीन केन्द्रको पनि निरिक्षण गर्नुभयो। साथै, नेपालमा डेनिस रेडक्रसले सञ्चालन गरेका कार्यक्रमको अवलोकन गर्नुभएको नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी गराउनुभयो ।

आजै उहाँले राष्ट्रिय रक्त सञ्चार सेवा केन्द्र बालकुमारीमा गई रक्तदान गर्नुभयो। मानिसहरुको नशामा उस्तै प्रकारको रगत बगिरहेको छ र खुशी तथा सन्तुष्टि पाउने एउटा राम्रो तरीका रक्तदान हो, थोरले बताउनुभयो ।

थोरले २ लाख ४३ हजार किलोमिटर पार गरिसक्नुभएको र सन् २०१३ बाट सुरुभएको यो अनवरत यात्राको क्रममा संसारका २०० वढी मुलुकको भ्रमण नसकी घर नफर्किने उहाँको योजना रहेको छ । सन् २०२० मा उहाँको भ्रमण सकिने अनुमान छ ।