-विश्वभर तीन दिने जपयज्ञ सम्पन्न भयाे

काेराेना भाइरसको महामारीबाट मुक्ति पाउन-विश्वभर तीन दिने जपयज्ञ सम्पन्न भयाे

Hollywood Khabar March 27,2020 Comments

न्यूयाेर्क/मार्च २८, २०२०

काेराेना भाइरसको महामारीबाट मुक्ति पाउन तथा विश्वशान्तिका लागि प्रार्थनाका लागि तीन दिने विश्वशान्ति जपयज्ञ कार्यक्रम सम्पन्न भयाे। यही मार्च २५, २६ र २७ गते सम्पन्न यस जपयज्ञका लागि विश्वभरका विभिन्न संघसंस्थाले आह्वान गर्दै व्यवस्थापन गरेका थिए।

विश्वभरका हजाराैं सहभागी आ-आफ्नै घरबाट जपयज्ञमा सम्मिलित हुनुभएकाे थियाे। विश्व अध्यात्म केन्द्रले संयाेजन गरेकाे यस जपयज्ञका लागि यही मार्च २० तारिक शुक्रवारदेखि सुरुभएकाे अनलाईन बैठकले निर्णय लिएकाे थियाे। बैठकले विश्वभर रहनुहुने सम्पूर्ण गुरुवर्गहरुलगायत यससम्बन्धी ज्ञाताहरु आ-आफ्नै घरमा बसी पाठ तथा जप गर्नका लागि अनुरोध गरेकाे थियाे।

यस बैठकमा अमेरिकाका विभिन्न स्टेट, क्यानडा, बेलायत, अस्ट्रेलिया र नेपालबाट समेत संयोजकका रुपमा गुरुहरुको सहभागिता रहेको थियो। जसमध्ये क्यानेटिकटबाट स्वामी बालगाेपाल ब्रह्मचारी, न्यूयाेर्कबाट पीपलमण सिग्देल, उद्धव शास्त्री, गाेकुल सापकाेटा, न्युजर्सीबाट डिल्लीराम उपाध्याय तथा श्रीहरि कँडेल, भर्जिनियाबाट राजेन्द्र खनाल, टेक्सासबाट मेघराज निरौला तथा तुलसीराम कँडेल, क्यालिफोर्नियाबाट चूड़ामणि पाठक, टेनेसीबाट उदयराज सिग्देल, नेपालबाट हरिनारायण सापकोटा, डा बद्री पाख्रेल, डा नवराज कट्टेल, माेदनाथ खनाल, दुर्गामणि सिग्देल, शालिग्राम ढकाल, क्यानडाबाट श्याम खनाल तथा जगदीश गैरे, बेलायतबाट जगदीश पौडेल, दुर्गाप्रसाद पोखरेल र शेखर शाण्डिल्य र अस्ट्रेलियाबाट प्रकाश ढोडारीकाे तथा राजन शर्मालगायत व्यक्तित्वहरुकाे सहभागिता रहेकाे थियाे।

यस जपयज्ञ सफल पर्नका लागि विश्व अध्यात्म केन्द्र, जयतु संस्कृतम् नेपाल, जयतु संस्कृतम् शाखा अमेरिका, अमेरिकन हिन्दू आरसीओ, विल्टन हिन्दू मन्दिर क्यानेटिकट, शक्ति केन्द्र डालास, कृष्ण प्रणामी समाज न्यूयाेर्क, हिन्दू साँस्कृतिक केन्द्र भर्जिनिया, नेपलिज क्यानेडियन हेरिटेज सेन्टर, नेपाली हिन्दू समाज अस्ट्रेलिया, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज, नेपाल आश्रम लगायत संघसंस्थाहरुकाे सक्रियता रहेकाे थियाे ।

सनातन वैदिक ग्रन्थमा विद्यमान एवं प्राच्य त्रिकालदर्शी महर्षिहरुद्वारा प्रत्यक्ष अनुभव गरिएका मन्त्र शक्तिकाे माध्यमबाट विश्वभर एकै समयमा बिहान ९ बजे जपयज्ञ प्रारम्भ भएकाे थियाे। प्रात: स्नान, आचमन, ध्यान, याेग तथा प्राणायाम, शंखनाद आदि नित्यकर्म गरी निम्नानुसार जपयज्ञमा सहभागी हुन सबैमा सूचना मार्फ़त आयाेजकले अनुरोध गरेका थिए।

मार्च २५, २०२० बुधबार बिहान ९ देखि १० बजे सम्म स्थानीय समय अनुसार महामृत्युंजय-ॐ ह्राैं जूं स: ॐ भूर्भुव: स्व:ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारूकमिव बंधनान्मृत्याेर्मुक्षीयमाऽमृतात् । ॐ स्व: भुव: भू ॐ स: जूं ह्राैं ॐ मन्त्रले यथाशक्य जप गरी मार्च २६, २०२० बिहीबार बिहान ९ देखि१० बजे सम्म -

राेगानशेषानपहंसि तुष्टा

रुष्टा तु कामान् सकलानभीष्टान् ।

त्वामाश्रितानां न विपन्नराणां

त्वामाश्रिता ह्याश्रयतां प्रयान्ति ।।

तथा अन्य देवी स्ताेत्र ! मन्त्रले पाठ तथा

मार्च २७, २०२० शुक्रवार बिहान ९ देखि १० बजे सम्म - ॐ नमाे भगवते वासुदेवाय !,

श्रीकृष्ण गाेविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव: ! तथा अन्य नामसंकीर्तन वा विष्णु सहस्रनाम स्तोत्र आदि पाठ तथा जप गर्न आयाेजकहरुले आह्वान गरेका थिए ।

जपयज्ञमा सहभागी सबैलाई धन्यवाद ज़िंदै थप छलफल गरी आगामी आध्यात्मिक गतिविधि सार्वजनिक गर्ने आयाेजकहरुले जानकारी दिएका छन् । जपयज्ञबाट धेरै व्यक्तिहरुमा आध्यात्मिक उर्जाका साथ सकारात्मक परिवर्तनहरु भएकाे जपकर्ताहरुले प्रतिक्रिया दिएका छन्।