Junu Gurung, RegionWomen Coordinator, NRNA Asia and the Pacific

महिला दिवसमा इतिहासका विरंगना संझने मात्र होइन वर्तमानमा सार्थको हुनुपर्छ

Hollywood Khabar March 07,2019 Comments

जुनु गुरुङ/दक्षिण कोरिया
सम्युक्त राष्ट्रसंघले १९७५ मा अन्तर्राष्ट्रिय महिला दिवसलाई आधिकारिक मान्यता दिएपछि विश्वभर ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ।
सर्बप्रथम सन १९०८ मा पहिलो पटक अमेरिकाको न्युयोर्क सहरमा १५ हजार भन्दा बढी महिलाहरुले ३ किसिमका माग राखेर सरकार बिरोधी प्रदर्शन गरेका थिए। सो प्रदर्शनीमा बढी समय सम्म गर्नु पर्ने, कामको केही घन्टा कटौती गर्नु पर्ने, महिलाले पनि मतदान गर्न पाउनु पर्ने र काम अनुसार को उचित ज्याला पाउनु पर्ने उनिहरुको माग थियो। अमेरिकी सोसलिष्ट पार्टिले यो दिनलाई राष्ट्रिय महिला दिबसको रुपमा मनाउने घोषणा गरेको थियो।

त्यसैगरी श्रमिक महिलाको सहभागिता डेनमार्कको कोपन हेगनमा पहिलो इन्टरनेस्नल सम्मेलन भयो। उक्त सम्मेलनमा सहभागी क्लारा जेड्की नाम गरेकी एक महिलाले त्यही दिनलाई अन्तर्राष्ट्रिय महिला दिबसको रुपमा मनाउने सुझाब दिएकी थिइन्। उनको सुझाबलाई सहभागी सम्पुर्णले समर्थन गरेका थिए।यो सम्मेलनको १ बर्ष पछि सन १९११ मा पहिलो पल्ट अष्ट्रिया, डेन्मार्क, जर्मनी र स्विजरल्याण्डमा अन्तर्राष्ट्रिय महिला दिबस मनाइएको थियो ।

१९१७ मा युद्दको दौरानमा रुसमा महिलालाई मतदानको अधिकारको माग गर्दै महिलाहरुले हड्ताल सुरु गरे। महिला हड्ताल सुरु भएको दिन अर्थात ग्रीगेरियन क्यालेन्डरको मार्च ८ तारिखलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउने निर्णय गर्यो। साथै महिलालाई मतदान गर्ने अधिकार र अन्य मागहरु पूरा गरि दियो।

त्यसैले यो मार्च ८ एक विशेष दिनको रुपमा यसलाई विभिन्न देशका सरकार र अन्य सस्थाहरुले विश्वभर मनाउने गरिएको छ।
नेपाली नारीहरुले पनि देशविदेशमा मनाउने गरेको यस नारी दिवस भनेर मनाउने गरिएको छ। सन् १९०९ को मार्च ८ तारिक अमेरिकाको सिकागोमा आमहड्ताल गरि सघर्ष सफल पारेको दिनको संझनामा यो दिनलाई विश्वभर महिला दिवसका रुपमा मनाउने प्रचलन छ।

नेपालको राजनैतिक विकासको ७० वर्ष भन्दा पनि बढि भएका परिवर्तनका आन्दोलनहरु पछि पनि महिला माथि हुने हिंसाको अन्त्य हुन सकेको छैन। नेपालमा प्रत्येक महिना बालबालिका तथा महिला माथि हिंसा हुने गर्दछ। निर्मला पन्त जस्तो ज्वलन्त उदाहरण हरू थुप्रै छन। जहाँ महिलाको सम्मान हुन सक्दैन त्यहाँ समाजको विकास पनि हुन सक्दैन।

नेपाली महिला र प्रजातान्त्रिक आन्दोलनमा अग्रणी महिला नेत्रीहरु स्वर्गिय सहाना प्रधान र मंगलादेवि सिंह जस्ता धेरै महिला र महिला अधिकारकर्मीहरू हामीले विर्सन सक्दैनौ। यतिमात्र होइन मेलवादेवी देखि विद्यादेवी सम्मको कुरा धेरै तिर छुटाइञ्छ। उहाँहरुले महिलामा राजनैतिक तथा महिला चेतनाको जागरण ल्याइदिनुभयो र नेपाली महिला आन्दोलन एउटा उचाइमा पुग्यो।

नेपालमा पनि ईतिहास देखि बर्तमान सम्म भृकुटी, सीता र विभिन्न बिचार बोकेका सामाजिक राजनितिक अग्रज महिला नेत्रीहरु अनि पासाङ ल्हामु जस्ता साहसिक महिलाहरुलाइ हामिले यो दिबसको दिन सम्झनै पर्ने हुन्छ।

त्यसैगरी रोजगारिको सिलसिलामा नेपाल विश्वका १०० भन्दा धेरै मुलुकहरुमा रहेका महिला दिदीबहिनीहरुमा महिला दिबसको बधाइ एबम सुभकामना भन्न चाहन्छु।

महिला महिला बिचको एकताले एउटा घर मात्र हैन सिङ्गो समाज अनि राष्ट्रलाइ माथी उठाउन सकिन्छ भन्ने प्रसस्त उदाहरण हामीसँग छन। महिला सम्मान र अधिकारको यो दिवसले सबैमा उन्नती र प्रगति गरोस।

राजनैतिक परिवर्तन भएपछि देशको संविधान सभा हलभित्र उल्लेख्य महिलाहरु भएपनि हाम्रो गाउघरमा खासै परिवर्तन आएको छैन। बलात्कार हुन्छन्, कुटिन्छन् अंगभगं हुन्छन्। सामाजिक रुपमा लैगिक भेदभाव ब्याप्त छन्।

मानव सभ्यताको विकाससंगै पुरुषले सत्ता स्थापना गरे पछि नारी जातीलाई हिनताबोध तथा दोश्रो दर्जाको नारीको रुपमा अझै पनि हेरिन्छ। नारीको गुणको सम्मान कहिल्यै भएन। महिला अर्थतन्त्र महिला नितिनिमार्ण महिला उत्थान तथा संस्थागत हुनुपर्यो। पिछिडिएको दलित जनजाती र मुस्लिम र बादी महिलाहरु यसका उदाहरण हुन् ।

भारत र चिनमा महिलाहरु अनाधिकृत रुपमा बेचविखन हुने र श्रम शोषण हुने गरेको पनि तथ्यहरुबाट स्पष्ट छन्। यि सवै समस्यालाई राज्यले सम्वोधन गर्ने कानुनको अभाव पनि उत्तिकै क्ड्केको छ।

महिला सम्पतीको अधिकार, महिला शसक्तिकरण, लैंगिक समानता जस्ता कुराहरु मुलुकका राजनैतिक दलको लागि नारामा मात्र सिमित भएका छन् । बास्तविक रुपमा सो समस्यालाई जरै देखि समाधान पहल हुन जरुरी छ ।

अन्तमा, महिला दिवस मनाइदै गर्दा सर्वत्र इतिहासका महिला विरंगना संझने मात्र होइन वर्तमानमा त्यसको सार्थता हुनुपर्छ।