सानो सानो पहुँचलाइ गनेर महिला आन्दोलनको सफलता भन्न मिल्दैन

Hollywood Khabar July 21,2018 Comments

दिलु पन्त
दोस्रो विश्व युद्ध पछि पुरुषहरुमा मात्र होइन महिलाहरुको पनि अधिकार र चेतनामा परिवर्तन आएको पाइन्छ।

औधोगिक बिकाशको चरणसगै समान कामको समान ज्याला सहित अफ्नो हक र अधिकारको आन्दोलन अगाडी बढाएको कुरा बिश्वको इतिहासले पुष्ठि गरिसकेको छ। सन 1970 पछि बिश्वका ठुला औद्योगिक शहरहरु अमेरिकाको सिकगो, डेन्मार्कको कोपेनहेगनका कल-कारखानामा भएको थियो।

त्यो आन्दोलनको नेतृत्व क्लेरा जेटकिन, रोजा लग्जम्बर र जेनि मार्क्स लगएतका महिला नेताहरुले गर्नुभयो। त्यस्को परिणम स्वरुप नेपालमा पनि त्यो प्रभाबहरु परेको पाइन्छ। जस्तो बिक्रम सम्बत १९७० को दशक पछि तत्कालीन राणाहरुको जहानिया शासन बिरुद्द समाज सुधारका बिषयहरुमा होस या धर्म सुधारका मुद्दाहरु अगाडी सार्दै होस त्यति बेला पनि योगमाया जस्ता महिलाहरुले त्यो एकतान्त्रीक जहानिया सामान्ति ब्यबस्थालाइ चुनौती दिदै आन्दोलनको उठान गरे।

१९९८ को असारमा ३८ जना अनुयायी सहित अरुण नदिमा जलसमाधी लिएको घट्ना नेपालमा मात्र होइन कि त्यस समयमा त्यो घटना बिस्वमा मै पनि चानचुने घटना थिएन र त ?  त्यसले १०४ बर्षे राणाहरुको शासनको जग नराम्रोसग हाल्लाइ दियो र २००४ तिर पुग्दा राणाहरु अन्तिम दिन गन्ती गर्दै थिए।

राष्ट्रिय प्रजापरिषद गठन गरेर तत्कालीन युवाहरुले अन्दोलन मात्रै गरेनन आफ्नो साहदत सगै राज्यसत्ता नै परिवर्तन गरि प्रजातन्त्रको ढोका खोले। त्यस बिद्रोहमा पनि नेपाली महिलाहरू सहान प्रधान, मङलदेबी सिंह, मोतिदेबी श्रेष्ठ सादना अधिकरी जस्ता महिलाहरु घरबाट बाहिर निस्के र आन्दोलनमा सहकार्य गरि आन्दोलनको उचाई थपे।

राजनितिक क्षेत्रमा मात्र होइन सामजिक क्षेत्रमा समेत समान हक र अधिकार सगै पढ्न समेत पाउनु पर्ने अधिकार महिलालाइ हुनुपर्ने जस्ता थप बिषयमा पनि अन्दोलन गरे र त्यसले सफलताको उकलो चडेको तथ्य हाम्रो सामु छ। देशमा लोकतान्त्रिक सत्ता संचालनका लागि नेपाली काङ्ग्रेस र कम्युनिष्ट पार्टीको स्थापना गर्न सफल भय।

बिश्वका साहित्य तथा महिला अधिकारवादी लेखकहरुले पनि महिलाका अधिकार र आन्दोलन प्रति आफ्ना दृष्टिकोणहरु आफ्ना सशक्त बिचारहरु प्रस्तुत गरे जस्तै सिमोन द वोउवारले (द सेकेन्ड सेक्स), (लज्जा) मार्फत तसलिमा नसरिन र नेपाल साहित्यका सिखर ब्यक्तित्व पारिजात जस्ता कर्मठ र शसक्त प्रगतिशील साहित्यहरुले आफ्ना बिद्रोही र सशक्त धार सहितका अभिव्यक्तीहरुको प्रकाशमा आए। यसले संसारका न्याप्रेमी महिलाहरुको माथिङ्गललाइ पुनरताजगी सहित हल्लाइ दियो। महिलालाइ नयाँ दृष्टिकोणवाट सबै बिषयहरुको छुट्टै धारबाट परिभाषित गर्ने जमर्को गर्‍यो। साथै महिला आन्दोलनलाइ नयाँ दिशा प्रदान गरिदिनाले संसारका महिलाहरु एकै चोटी आन्दोलित भए ।

त्यसको प्रभावले नेपाली महिलाहरुमा पनि स्पर्स गरिदियो र श्रमिक महिला दिवस मनाइ रहदा नेपाली महिला हरुको अधिकारको धर्तिमा समानताको फुल फुल्दै आशाको मालामा उनिदै छन ।

देशले यो फट्को मार्दा पनि महिलाका झिना मसिना समस्या भन्दा पनि घर देखी राष्ट्रिय निकायका उच्च तह सम्म पहुच रहनु सानो-सानो सफलता होइन भन्न सकिन्छ। तर पनि यत्तिकै मा सन्तुष्टि लिने ठाउभने कदापी हुन सक्दैन। किनकी संभावनाका ढोकाहरु खुले पनि सबै महिलाले त्यस भित्र पस्न र बस्न पाइसकेका छैनन ।

हुनत बिश्वका कयौं देशहरुमा सत्तको उच्च तहमा महिलाहरु आसिन भय पनि त्यहा पनि महिला हिंसाहरु बग्रेल्ती भेटिन्छन । हाम्रै देशमा पनि यि समस्याहरु बिकराल रुपमा छन। तर त्यसैलाइ मात्र अंगालो हालेर रुनु भन्दा त्यसवाट मुक्त हुने पाटोहरु खोज्नु जरुरि हुन्छ। अब महिलाका बिच नयाँ सम्भावना, अबसर र चुनौती थपिएको सन्दर्भ पनि छ।

त्यसको सामना उपायोगको निम्ती नयाँ उचाईवाट हाम्रा सोचाइहरु समृद्ध बनाउन बिगतलाइ सम्मान र सिहावलोकन गर्दै अगाडि बढेमा विकसित राष्ट्रका महिलालाइ देखेर हामिले थुक निल्नु पर्दैन।

यसको सफल कार्यान्वयनको लागि निषेध होइन सहकार्यको सहयात्राले नै हाम्रा रणनीतिक लक्ष्यहरु पुरा हुने पक्का छ। किन की नेपाली जनताले लामो आन्दोलन र ठुलो बलिदानीबाट यति खेर देशमा सम्बिधान सभा मार्फत समान अधिकार सहितको नयाँ सम्बिधान प्राप्त गरेको छन।

*** यो लेख पन्तले १०७ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दिएको बक्तब्यबाट साभार गरिएको हो।- संपादाक